आइतबार, वैशाख १३, २०८३

राष्ट्रियसभा निर्वाचन : एमालेका यी हुन् उम्मेदवार (सूचीसहित)

मेरोन्यूज २०७८ पुष १९ गते १६:३३

काठमाडौं। माघ १२ गते रिक्त राष्ट्रि«य सभा सदस्यका लागि हुन लागेको निर्वाचनका लागि नेकपा एमालेले आफनो पार्टीका तर्फवाट उम्मेदवार टुंग्गो लगाएको छ । भोलि उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका निर्वाचन समितिले बनाएको ले एमालेले उम्मेदवार टुग्गो लगाएको हो ।

Advertisement
NiccNicc

सत्ता गठवन्धनले भने साझा रुपमा उम्मेदवार उठाउने गरी सिट भागवन्डा लगाएका थिए । त्यही क्रममा काग्रेसले पाएको ६ सिटको उम्मेदवार उसले पनि टुग्गो लगाईसकेको छ ।

अन्य राजनीतिक दलहरु पनि आन्तरिक तयारीमा रहेका बेला एमालेले पनि उम्मेदवार टुग्गो लगाएको हो । यो निर्वाचनमा सत्रा गठवन्धनले एमालेलाई एक्लाएर निर्वाचन भिडन लागेका छन् ।

तर एमालेले भने रिक्त १९ ओटै क्षेत्रमा पार्टीका तर्फवाट उम्मेदवार टुग्गो लगाएको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए । उनका अनुसार एमालेको टुग्गो लागेका उम्मेदवारहरु यस अनुसारका छन् ।

प्रदेश १

खुल्ला देवराज घिमिरे (झापा)
महिला सुमित्रा भण्डारी (झापा)
अल्पसंख्यक सोनाम गेल्जन शेर्पा (सोलखुम्वु)

प्रदेश २
खुल्ला असर्फी भिनवार यादव (धनुषा)
महिला बिना साह (रौतहट)

बागमती प्रदेश
खुल्ला गोपाल शाक्य (ललितपुर)
महिला निरुकुमारी कुंबर (निरु दर्लामी)

गण्डकी प्रदेश
दलित गोविन्दवहादुर नेपाली (बागलुङ)
महिला लीला पोखरेल थनेत (नवलपुर)
खुल्ला पुन्यप्रसाद पौडेल (कास्की)

लुम्बिनी प्रदेश
दलित कृष्णवहादुर सुनार (गुल्मी)
महिला भारती खनाल (बाँके)
खुल्ला रामदयाल गुप्ता (दाङ)

कर्णाली प्रदेश
अल्पसंख्यक पदमवहादुर माझी (दैलेख)
महिला गंगा महत (जुम्ला)
खुल्ला चुडामणि शर्मा (सुर्खेत)

सुदुरपश्चिम प्रदेश
दलित नरेश विक (वैतडी)
महिला सन्तोषकुमारी शर्मा थापा (कैलाली)
खुल्ला डिल्लीराज भटट (डोटी)

प्रतिक्रिया