बिहीबार, पुष ३, २०८२

श्रीमतीलाई सस्तोमा माछा नदिएको रिसमा सिडिओले धम्काए व्यवसायीलाई

मेरोन्यूज २०७८ पुष १९ गते २०:३८

चितवन । माछा व्यवसायीले माछाको मुल्य बढि लिएको भन्दै चितवनको एक माछा पसलको फ्रिज सिल गरी व्यापारीलाई धम्काएको आरोप चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामांगमाथी लागेको छ । भरतपुर एयरपोर्ट छेउमा रहेको माछा पसलमा हिजो साँझ ५ बजेतिर सिडियो सहितको टोली पुगेर ‘चितवन फिस हाउस’ को फ्रिज बन्द गर्दै संचालक लुलाराज तामांगलाई धम्की दिदैं साचो लगेको ब्यवसायीहरुले बताएका छन् ।

आफ्नी श्रीमतीसंग माछा प्रतिकेजी ३०० रुपैया लिएको भन्दै सिडियोले पसलमै पुगि चितवन फिस हाउसका संचालक तथा जिल्ला उपाध्यक्ष लुलाराज तामांगलाई धम्काएर फ्रिज बन्द गरेर साँचो लिएर हिडेको प्रत्यक्षदर्शी एवं मत्स्य ब्यवसायी संघका महासचिव जोगेन्द्र महतोले बताए ।
सिडियोले ज्यादती गरेको भन्दै ब्यवसायीहरुले प्रशासन कार्यालयमा धर्ना समेत दिएका छन् । श्रीमतीलाई सस्तोमा माछा नदिएको निहुँमा सिडियो आएर ब्यवसायीलाई धम्काउने, थकाउर्ने काम गरेपछी सिडियोको ज्यादती बिरुद्ध आफुहरु आन्दोलित बनेको मत्स्य ब्यवसायी संघले जनाएको छ ।

केन्द्रिय अध्यक्ष अम्बिका अधिकारीको नेतृत्वमा जनप्रतिनिधि सहित प्रशासन कार्यालय पुगेर उनीहरुले सिडियोको ज्यादती बन्द हुनुपर्ने माग सहायक प्रजिअ समक्ष गरेका थिए । कार्यालयमा जिल्ला अध्यक्षलाई मैले गल्ती गरेको हुँ भनेर कागजमा जर्बजस्ती हस्ताक्षर गराउन खोजेपछि आफुहरु हस्ताक्षर नगरि हिडेको ब्यवसायीहरु बताउछन् । भर्खरै माछा लिएर पसलमा आएर ग्राहकको माछा तयार पारिरहेका बेला सिडियो आएर सुन्नै नसकिने खालको अपशब्द प्रयोग गरी फ्रिज सिल गरेर साँचो लिएर गएको पिडित ब्यवसायी लुलाराज तामागंले बताए ।

‘आफुहरुले बजार मुल्य ३८० मा बिक्री गर्ने माछा प्रतिकेजी ३०० रुपैयामा उहाँलाई दिदापनि अझ सस्तो खोजेर ब्यवसायीलाई आतंकित पार्ने काम गर्नुभएको छ’, मत्स्य व्यवसायी संघका केन्द्रिय अध्यक्ष अम्बिका अधिकारीले भने,‘ सिडियोबाट भएको यो कार्य सह्य नहुने र आफुहरु यो कार्य बिरुद्ध देशब्यापी आन्दोलन गर्नेछौं ।’ उपभोक्तालाई स्वस्थ्कर माछा खुवाउनु पर्छ भनेर भारतिय माछा बिरुद्ध लडेर नेपालमा जिउँदो माछा बिक्री गर्ने पद्धतिको सुरुवात गरेको आफुहरुमाथी सिडियोले गरेको यो कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने अधिकारीको भनाई छ ।

हिजो साँझ लक गरेको फ्रिज आँज दिउँसो खोलेर त्यहाँ भएको केही माछा ल्याब परिक्षणको लागी प्रशासनले लगेको छ । यो बिषयमा बुझदा प्रमुख जिल्ला अधिकारी तामागंले आफुले सिल नगरेको र ब्यवसायीलाई खरिद तथा बिक्री बिल ल्याउन भनेको बताए । ‘म्याडम’ लाई सस्तोमा माछा नदिएको झोकमा फ्रिज सिल गर्नु भएको हो भनेर प्रश्न गर्दा उनले आफु माछा किनेर खाने मान्छे भएको र अरुकुरा आफुलाई थाहा नभएको उनले जवाफ दिए ।

घटना के थियो ?
भरतपुर महानगर २६ दिव्यनगरमा हिजो दिउँसो ३ बजे तिर ना. १ झ ४९९ नम्बरको सिडियोको साईरनयुक्त सरकारी गाडी लिएर ५ किलो माछा खरिदका लागि प्रमुख जिल्ला अधिकारी तामागंका श्रमिती जिल्ला अध्यक्ष खगेन्द्र सुबेदीको माछा फर्ममा पुगेकी थिईन् । त्यहा माछा झिकेर आफ्नो साधनमा माछा लोड गर्दै थिए चितवन फिस हाउसका संचालक एव जिल्ला उपाध्यक्ष लुलाराज तामागं ।

आफुसंग सिडियोको परिवारले ५ किलो माछा माग गरेपछि ५ किलो माछा झिक्न अफ्ठयारो हुने भएकाले बताएपनि जिल्ला उपाध्यक्ष समेत रहेका चितवन फिस हाउसका संचालक तामागंले आफनो भागको माछाबाट ५ केजी माछा जोखेर सिडियोको सवारी चालकलाई दिएर प्रतिकेजी माछाको ३ सय रुपैयाका दरमा पैसा लिएका थिए ।

त्यही माछा खरिदमा प्रतिकेजी ३०० रुपैया लिएको रिसमा सिडियोले साँझ ५ बजे तामागंको भरतपुर बिमानस्थल छेउमा रहेको चितवन फिस हाउसमा पुगि तैले फर्मालिन हालेको माछा बेच्ने भनेर धम्काएर फ्रिज सिल गरेर हिडेको अधिकारीले बताए । त्यहाँ सिडियोले सुन्नै नसक्ने खालका अपशब्द समेत बोलेको प्रत्यक्षदर्शी केन्द्रिय महासचिव खगेन्द्र महतोले सुनाए । त्यो भन्दा अगाढी पनि आफ्नो फार्म हाउसमा सिडियो सरको म्याडम माछा खरिदका लागी पुग्नु भएको र मैले त्यो पटक सिडियो सरलाईनै हो भनेर प्रतिकेजी २ सय ५० मा दिएको थिए जिल्ला अध्यक्ष सुबेदीले बताए । ‘यो पटक ३०० रुपैया लिएपछि ५० रुपैयाको निउँमा उहाँबाट यो किसिमको काम भएको हो’, उनले भने ।

५ किलो माछा खरिदका लागी सरकारी सवारीको दुरुपयोग गरेर ब्यवसायीलाई आतंकित पार्ने काम सिडियोबाट भएको भन्दै ब्यवसायी आक्रोसित बनेका छन् ।सिडियोको यो कार्यको ब्यवसायीहरुले बिज्ञप्ती समेत निकालेर भत्र्सना समेत गरेका छन् ।

प्रतिक्रिया