कोभिड परीक्षणमा ढिलाइपछि अस्ट्रेलियामा आक्रोश
मेरोन्यूज
२०७८ पुष २० गते १५:०७

सिड्नी । अस्ट्रेलियामा कोभिड परीक्षणमा ढिलाई भएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै परीक्षणमा ढिलासुस्ती भएपछि सर्वसाधारण आक्रोशित बनेका हुन् ।
९० प्रतिशतले खोप लगाएपछि गत महिना सरकारले केही कोभिड प्रतिबन्ध फुकुवा गरेको थियो । तर, पछिल्लो समयमा ओमिक्रोन भेरियन्टका कारण संक्रमितको संख्या दिनहुँ बढेको छ ।
अहिले अस्ट्रेलियामा औषतमा दैनिक २५ हजारमा संक्रमण देखिएको छ । संक्रमित बढेपछि परीक्षण तीव्र पार्न र कोभिड अस्पताल चुस्त पार्न सरकारमाथि चौतर्फी दबाब बढेको छ ।
अस्ट्रेलियामा पीसीआर परीक्षणमा सवैको पहुँच भए पनि गत साता सरकारले निःशुल्क परीक्षणको सीमा सीमित गरेको थियो ।
सम्बन्धित









चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
एमाले महाधिवेशन : ओलीको अग्रता कायम
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया