राष्ट्रियसभा उम्मेदवारलाई चुनाव खर्च साढे ३ लाख मात्रै
मेरोन्यूज
२०७८ पुष २१ गते ९:३९

काठमाडौं । आगामी १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ ।
निर्वाचन आयोगले बुधबार सूचना जारी गरी एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो ।
आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १, सवारी साधन/घोडा ७० हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासमेत) १० हजार र प्रचार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ तोकेको छ ।
त्यस्तै, ढुवानी १० हजार, गोष्ठी÷अन्तरक्रियामा १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा तोकिएको हो ।
निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ । १९ पदका लागि मंगलबार ४३ जनाको उम्मेदवार मनोनयन दर्ता भएको छ ।

सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया