भाग्यमा विश्वास गर्ने बलिउड स्टारहरू

काठमाडौं । बलिउडका केही स्टारहरू पनि भाग्यमा विश्वास गर्छन् । त्यहीकारण उनीहरू आफ्नो फिल्मको सफलता होस् वा जिन्दगीको सफलताका लागि आफ्नो ‘लकी चार्म’लाई सँगै लिएर हिँड्ने गर्छन् ।
अभिनेता सलमान खानको ‘लकी चार्म’ उनको ब्रासलेट हो । फिरोजा पत्थर जडित सलमानको ब्रासलेट उनका लागि भाग्यशाली छ । सलमानले आफैं पनि ब्रासलेटका कारण अरुको खराब नजरबाट आफू बच्ने गरेको बताउने गरेका छन् ।
यसबाहेक उनी ईदलाई भाग्यशाली समय मान्छन् । त्यहीकारण उनी हरेक वर्षको ईदमा आफ्नो फिल्म रिलिज गर्छन् । जसकारण यो समयमा रिलिज भएका उनका अधिकांश फिल्म सुपरहिट भएका छन् ।
अभिनेत्री कटरिना कैफ आफ्नो फिल्म रिलिज हुँदाको समय अजमेर शरिफ जान्छिन् र आशीर्वाद लिन्छिन् । अभिनेत्री विद्या वालनलाई इभेन्ट वा पार्टीमा सुन्दर गाजलमा देखिने गर्छिन् । पाकिस्तानमा बन्ने गरेको हाशमी गाजलमा उनी विश्वास गर्छिन् । उनी यो गाजल आँखाको शोभा बढाउन मात्र होइन भाग्यका लागि पनि लगाउँछिन् ।
अभिनेत्री काजोललाई आफ्नो डायमण्ड स्टडेड ओम औँठीमा आफूलाई भन्दा बढी विश्वास छ । यो औँठी उनलाई पति अजय देवगनले उपहार दिएका हुन् । काजल यो आँैठीलाई दाहिने हातको औँलामा लगाउँछिन् । काजलका अनुसार यो औँठीले उनलाई शान्त रहन सहयोग पु¥याएको छ ।
अभिनेता अजय देवगनको वास्तविक नाम विशाल थियो, तर अभिनयमा पाइला चालेपछि उनले यो नाम बदलेर अजय राखे । उनले आफ्नो सरनेमबाट ‘ब’ पनि हटाएका छन् । यही हटाएको नामले उनलाई सफलताको शिखरमा पु¥याएको विश्वास गरिन्छ ।
अभिनेत्री शिल्पा शेट्टी आध्यात्मिक अभिनेत्रीका रुपमा चिनिन्छिन् । उनले आफ्नो दाहिने हातको औँलामा पन्ना जडित औँठी लगाएकी छन् । यो उनलाई आमाले उपहार दिएकी हुन् । शिल्पाको अनुभवमा औँठीका कारण उनको करियरमा नयाँ आयाम दिएको छ ।
अभिनेता रणवीर सिंह खुट्टामा कालो धागो बाँध्छन् । रणवीर बारम्बार बिरामी हुने गरेपछि उनकी आमाले खुट्टामा धागो बाँधिदिएकी थिइन् । यो धागो बाँधेपछि उनी बिरामीमुक्त भएका थिए ।
अभिनेत्री दीपिका पादुकोण आफ्नो हरेक फिल्म रिलिजअघि सिद्धिविनायक मन्दिर पुग्छिन् । यो मन्दिरप्रति उनको विशेष आस्था छ ।
अभिनेता अमिताभ बच्चन बलिउडका सफल कलाकारमा पर्छन् । तर, बलिउडका यी महानायकको कुनै बेला आर्थिक रुपले दयनीय अवस्था थियो । उनले फिल्म पनि पाइरहेका थिएनन् । यसपछि उनले निलम जडित औँठी लगाए । त्यसपछि मात्र उनले फिल्मबाट अफर पाउन थाले ।
अभिनेता शाहरूख खान आफ्ना लागि ‘५५५’ नम्बर भाग्यशाली मान्छन् । उनको गाडीको नम्बर प्लेटमा पनि यही संख्या छ । उनले फिल्म ‘चेन्नई एक्सप्रेस’मा आफ्नो बाइकको लाइसेन्स प्लेट नम्बरमा पनि ‘५५५’ नै जोडेका थिए ।
अभिनेता आमीर खानका लागि भाग्यशाली महिना डिसेम्बर हो । उनका हरेक फिल्म क्रिसमस या यसको आसपास रिलिज हुन्छ । यो महिना रिलिज उनका फिल्मले बक्सअफिसमा हिट व्यापार गरेका छन् ।









एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया