नेविसंघले थाल्यो – अतिरिक्त शुल्क खारेजीको माग गर्दै रिले अनशन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा विद्यार्थीसँग लिँदै आएको अतिरिक्त शुल्क खारेजीको माग गर्दै रिले अनशन सुरु गरेको छ । नेविसङ्घले नेपाल मेडिकल कलेजले मनोमानी ढङ्गले अतिरिक्त शुल्क लिएको भन्दै उक्त शुल्क खारेजीको माग गर्दै कलेज अगाडि आजदेखि रिले अनशन सुरु गरेको हो ।
नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले कलेजले मनोमानी ढङ्गले तोकेको अतिरिक्त शुल्क खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्नुपर्ने जस्ता माग राखेर अनशन सुरु गरिएको जानकारी दिए ।
चिकित्सा शिक्षा आयोगले तोकेअनुसार सबै प्रक्रिया पुर्याएका विद्यार्थीको हकमा तुरून्तै नियमित कक्षा सञ्चालन गरी पठनपाठनको व्यवस्था मिलाउनुपर्ने माग पनि नेविसङ्घले राखेको छ । होस्टेल शुल्क बजार मूल्यलाई मध्यनजर गरी वैज्ञानिक तवरले निर्धारण गर्नसमेत माग गरिएको छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया