विद्युत् नियमन आयोगका तीन पदाधिकारी निलम्बित, छनविनका लागि समिति गठन
पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा छानबिन समिति गठन

काठमाडौं । सरकारले विद्युत् नियमन आयोगका तीनजना पदाधिकारीमाथि पदीय दायित्व पूरा नगरेको आरोपमा छानविन समिति बनाएको छ । सरकारदे छानविन समिति गठन गरेसँगै यिनमन आयोगका अध्यक्ष डिबी सिंह, सदस्य रामेशश्वर प्रसाद कलवार र भागिरथी ज्ञावाली स्वत निलम्बनमा परेका छन् ।
सरकारले छाननिवका लागि समिति बनाएको हो । पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा छानबिन समिति गठन भएको छ । ऊर्जामन्त्री पम्फा भुसालको प्रस्तावमा सरकारले छानविन समिति गठन गरेको बताइएको छ ।
विद्युत नियमन आयोगको दफा ९ मा आयोगका अध्यक्ष वा कुनै सदस्यमा कार्य क्षमताको अभाव वा खराब आचरण भएको वा दफा ६ बमोजिम अयोग्य भएको वा ऐन बमोजिम पदीय दायित्व पूरा नगरेको देखिएमा नेपाल सरकारले त्यस्तो विषयमा छानविन गर्न एक छानविन समिति गठन गर्ने व्यवस्था छ ।
छानबिन समितिले आरोप लागेको अध्यक्ष वा सदस्यको सम्बन्धमा छानबिन गरी आफ्नो रायसहितको प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नेछ । छानविन समितिले छानविन गर्दा आरोप लागेको अध्यक्ष वा सदस्यलाई आफ्नो सफाइ पेश गर्न मनासिब मौका दिनेछ ।
छानबिन समितिले अध्यक्ष वा सदस्यलाई पदबाट हटाउन सिफारिस गरेमा नेपाल सरकारले त्यस्तो अध्यक्ष वा सदस्यलाई पदबाट हटाउनेछ । छानबिनको कारवाही प्रारम्भ भएपछि त्यस्तो छानबिनको विषयमा टुङ्गो नलागेसम्म त्यस्तो अध्यक्ष वा सदस्यले आफ्नो पदको काम गर्न नपाउने ऐनमा व्यवस्था छ ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
प्रतिक्रिया