राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा माओवादी नेता बस्नेत नियुक्त

काठमाडौं । राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बस्नेत माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय उपाध्यक्ष एवं माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश कमिटीका सचिव हुन् ।
युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरीएको थियो । उपाध्यक्ष पदमा नियुक्तिकालागि १२ जनाले आवेदन दिएका थिए जसमध्येबाट बस्नेत उपाध्यक्षमा नियुक्त भएका हुन् ।
गत पौष १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्रीस्तरीय निर्णयबाट सिफारीस समिति गठन गरेका थिए । सोही समितिको सिफारीसको आधारमा मन्त्रिपरिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया