रामचन्द्र पौडेल संस्थापन इतरको नेतृत्वबाट आउट !
शेखरलाई बरिष्ठ नेता मान्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट रामचन्द्र पौडेल औपचारिक रुपमा आउट गरेको छ । बुधबार काठमाडौंको सिंहदरबार नजिकै बसेरा होटलमा शेखर कोइरालाले बोलाएको समीक्षा बैठक डाँकेको थियो।
जसमा पौडेल र शंशाक कोइराला दुबै देखिएनन् । यसअघि मंगलबार पुरानो बानेश्वरमा संस्थापन इतरको मंगलबार बसेको अनौपचारिक बैठकले महाधिवेशनमा पौडेलले देउवालाई सघाउदा संस्थापन इतरले सभापतिमा डा कोइराला पराजित भएका हुन् । अब उनलाई नमान्ने बरिष्ठ नेता शेखरलाई नै मान्ने तयारीका साथ बुधबार बैठक राख्ने निर्णय गरेको थियो ।
कोइराला समुहका एक नेताका अनुसार मंगलबार पौडेल देउवातर्फ नै लागेको निष्कर्षसहित संस्थापन इतरले सभापतिमा पराजित डा कोइरालालाई नेताका रुपमा अघि बढाउने निर्णय गरेको थियो । महामन्त्री गगन थापाले सम्बोधनका क्रममा बरिष्ठ नेता शेखर कोइराला भनेका थिए ।
डा. कोइराला पक्षबाट झन्डै दुई सयको हाराहारीमा नेताकार्यकर्ता भेला भएको बैठकमा उपस्थित थिए । जसमा कांग्रेस उपसभापतिमा विजयी धनराज गुरुङ, महामन्त्री थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारलगायत केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।
उक्त बैठकमा बोल्ने अधिकाशं वक्ता बरिष्ठ नेता शेखर कोइराला भनेर सम्बोधन गरेका थिए । कोइरालाले आफ्नो सम्बोधनमा सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना निम्त्ने बताएका थिए । ‘के मापदण्ड बनाएर बरियता बनाउँनुभएको हो,’ उनले सभापतिलाई प्रश्न गरेका थिए । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यको बरियतामा कोइरालालाई २७ नम्बरमा राखेका छन् । भने कोइराला १३ औं महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य बनेका थिए ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया