चीनमा ड्रयागन फ्रुट्समा देखियाे कोभिड, सुपरमार्केट बन्द

बेइजिङ । चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् ।
भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती प्रान्तका सुपरमार्केट बन्द भएका हुन् । स्वास्थ्य अधिकारीहरुले आयात गरिएका उत्पादनहरुमा आपतकालिन जाँच गरिएका छन् ।
साथै, ड्रयागन फ्रुट्स बिक्रेतालाई क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ । कोभिडको नयाँ लहर चलिरहेका बेला ड्रयागन फ्रुट्समा कोभिड देखिएकाे खबरले चीनमा त्रास फैलिएको छ ।
डिसेम्बरको अन्तिम साता ड्रयागन फ्रुट्समा कोभिड १९ का संकेत देखिएपछि चीनले यसअघि सो फल २६ जनवरीसम्म चीन आयात गर्न प्रतिबन्ध लगाएको थियो ।
चीनले अर्को वर्षदेखि हिउँदे ओलम्पिक आयोजना गर्दैछ । ओलम्पिकअघि कोभिडलाई शून्यमा झार्ने सरकारको लक्ष्य छ । कोभिड देखिएपछि सियान र युझोउ सहरमा लकडाउन गरेको छ ।










एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया