बिहीबार, पुष ३, २०८२

प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट स्थगित

मेरोन्यूज २०७८ पुष २२ गते १३:०१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ । भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको हो ।

कोरोना भाइरस कोभिड १९ को ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो समिटमा भाग लिन पुस २५ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने कार्यक्रम थियो ।

तर अब प्रधानमन्त्री देउवाको भारत भ्रमण अनिश्चित भएको छ । उनको भारत जाने वा नजाने निर्णय भएको छैन । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिदै गएपछि भारतीय राष्ट्रिय कांग्रेससहितका विपक्षी दलले भाइब्रेन्ट गुजरात समिट रोक्न माग गरेका थिए । भारतमा पछिल्लो २४ घन्टामा ९० हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया