सुदर्शन केमिकलको च्यानल पार्टनर बन्यो एसके प्रालि
पोलिमर बजारमा उत्कृष्ट र गुणस्तर सामाग्रीको आपूर्ति सहज हुने

काठमाडौं । एसके(ESSKAY) प्रालिले भारतको सुदर्शन केमिकल इण्डस्टिजसँग च्यानल पार्टनरको रुपमा काम गर्ने भएको छ ।
हालै दुई कम्पनीका अधिकारीबीच यससँग सम्बन्धित सहमतिमा हस्ताक्षर भएको हो ।
उक्त सहमतिअनुरुप एसकेले प्लाष्टिक यधोगहरुका लागि आवश्यक पर्ने सुदर्शन केमिकलका ‘केमिकल पिग्मेन्ट’को बजारीकरणका साथै वितरणको काम समेत गर्नेछ । ‘पिग्मेन्ट’ प्लाष्टिकजन्य विभिन्न सामाग्रीको उत्पादन गर्दा विशेष रंग थप्न आवश्यक पर्दछ ।
यो सहमतिपछि अब एसकेले आफ्ना स्थानीय स्तरका गोदामहरुबाट सहज रुपमा केमिकल पिग्मेन्ट उपलब्ध गराउनेछ । यो कार्यले ग्राहकहरुमा पर्ने व्यवस्थापनको दवाब र कार्यशील पूँजी लगायतमा समेत सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सुदर्शन इण्डियाले विगत ६० वर्षभन्दा बढी समयदेखि उच्च गुणस्तरका अर्गानिक र इन–अर्गानिक पिग्मेन्ट र इफेक्ट पिग्मेन्टहरु उत्पादन गर्दै आइरहेको छ । यस्ता पिग्मेन्टहरु प्लाष्टिक, कोटिङ्ग्स, सौन्दर्य प्रसाधन र विशेष उद्योगका उत्पादनहरुमा प्रयोग हुँदै आएको छ । सुदर्शन इण्डियाको सेल्स यूनिटका डेपुटी जनरल म्यानेजर कुशल चक्रवतीका अनुसार सुदर्शन केमिकल विश्वको तेस्रो ठूलो पिग्मेन्ट कम्पनीको रुपमा चिनिन्छ ।
बिगत ४० वर्षदेखि वितरकको रुपमा काम गर्दै आइरहेको एसके प्रालि प्लाष्टिक उद्योगसँग सम्बन्धित कच्चा पदार्थ, रसायन र मेसिनरी आपूर्तिका लागि ‘टिबरेवाला’को नामले परिचित छ । सुदर्शनसँग च्यानल पार्टनरको रुपमा काम गर्न पाउँदा आफूहरु उत्साहित भएको एसके प्रालिका कार्यकारी निर्देशक श्री एल.एन. सिंह जानकारी दिए । उनका अनुसार यो सहमतिले ग्राहकको सन्तुष्टि बढाउन मद्धत पुग्नेछ । यस्तै, स्थानीय स्तरमा बिक्री केन्द्रहरु खोलेर गुणस्तरीय सेवा समेत दिइने उनले बताए । उनले भने, ‘हामी सधैं ग्राहकको आवश्यकतालाई विशेष प्राथमिकता दिनेछौं ।’











आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया