वर्षा र हिमपातले मुगु एमालेको अधिवेशन सर्याे
मेरोन्यूज
२०७८ पुष २२ गते १६:२१

मुगु । नेपाल कम्युनिष्ट पार्टी एमाले मुगुको ८औँ जिल्ला अधिवेशन सरेको छ । २३ पुसमा हुने भनिएको जिल्ला अधिवेशन चार दिनपछि २७ पुसका लागि सरेको हो ।
मुगुमा बुधबार रातिदेखि अविरल वर्षा र हिमपात भइरहेको छ । जसका कारण प्रतिनिधि र प्रमुख अतिथि सहभागिता हुन नसकेका कारण २७ अधिवेशनका लागि सरेको हो ।
एमाले कर्णाली प्रदेश कमिटीको बैठकले १० वटै जिल्लामा २३ पुसमा गर्न निर्णय भए पनि हिमपातका कारण अधिवेशन स्थगित भएको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख डबलबहादुर रोकायाले जानकारी दिए ।
२७ पुसमा हुने अधिवेशनमा सम्पूर्ण पार्टी प्रतिनिधि, शुभेच्छुक, नेता कार्यकर्तालगायतलाई जानकारी गराएको रोकायाले बताए ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया