वर्षा र हिमपातले मुगु एमालेको अधिवेशन सर्याे
मेरोन्यूज
२०७८ पुष २२ गते १६:२१

मुगु । नेपाल कम्युनिष्ट पार्टी एमाले मुगुको ८औँ जिल्ला अधिवेशन सरेको छ । २३ पुसमा हुने भनिएको जिल्ला अधिवेशन चार दिनपछि २७ पुसका लागि सरेको हो ।
मुगुमा बुधबार रातिदेखि अविरल वर्षा र हिमपात भइरहेको छ । जसका कारण प्रतिनिधि र प्रमुख अतिथि सहभागिता हुन नसकेका कारण २७ अधिवेशनका लागि सरेको हो ।
एमाले कर्णाली प्रदेश कमिटीको बैठकले १० वटै जिल्लामा २३ पुसमा गर्न निर्णय भए पनि हिमपातका कारण अधिवेशन स्थगित भएको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख डबलबहादुर रोकायाले जानकारी दिए ।
२७ पुसमा हुने अधिवेशनमा सम्पूर्ण पार्टी प्रतिनिधि, शुभेच्छुक, नेता कार्यकर्तालगायतलाई जानकारी गराएको रोकायाले बताए ।
सम्बन्धित













झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
प्रतिक्रिया