एमाले चितवनको अध्यक्षमा चार जनाको दाबी

काठमाडौँ । नेकपा एमाले चितवनको १० औँ जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । २३ र २४ पुसमा हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्ने छ । एमाले चितवनको अधिवेशनको उद्घाटनसत्र तारापुञ्ज रिसोर्ट र बन्दसत्र पार्टी कार्यालयमा हुने भएको छ ।
अधिवेशनका लागि जिल्लाका सात स्थानीय तह र पेसागत संगठनहरूबाट एक हजार ६ सय प्रतिनिधि छनोट भएका छन् । यसअघि एमालेको गाउँ नगर कमिटी र वडा कमिटी सर्वसम्मतबाट चयन भइसकेको छ ।
एमाले चितवनको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देखाएका छन् । अध्यक्षको लागि रामप्रसाद न्यौपाने, तेजेन्द्र खड्का, कृष्ण भुर्तेल र कमल पाठकले आकांक्षा देखाएका छन् ।
अध्यक्षका आकांक्षी न्यौपाने एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष थिए । दुई पार्टीको एकता खारेज भइसकेपछि एमाले भरतपुर महानगरको कमिटी अध्यक्षको जिम्मेवारी पनि न्यौपानेले नै पाए ।
त्यसपछि भएको एकता अधिवेशनबाट नयाँ नेतृत्व चयन भयो । जिल्ला अध्यक्ष बन्ने इच्छा बनाएका न्यौपानेले पुनः महानगको अध्यक्षको लागि चासो दिएनन् । उनी नेकपा अध्यक्ष केपी ओली निकट मानिन्छन् ।
एमाले चितवनको २०७३ सालमा भएको अधिवेशनबाट तेजेन्द्र खड्का जिल्ला कमिटी उपाध्यक्षमा निर्वाचित भएका हुन् । तत्कालीन एमालेमा माधव कुमार नेपाल निकटका खड्का एमाले र माओवादी बीच भएको एकता खारेज भएपछि केही समय विचलित हुन पुगे । र, अन्ततः एमालेमै रहने उनले उद्घोष गरे ।
जिल्ला अध्यक्षका अर्का आकांक्षी कृष्ण भुर्तेल बागमती प्रदेशका सांसद हुन् । २०३५ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय छन् । अर्का आकांक्षी कमल पाठक बार एसोसिएसन चितवनका पूर्व अध्यक्ष हुन् । उनले २०४३ सालबाट राजनीति सुरु गरेका हुन् ।
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया