मंगलबार, पुष १५, २०८२

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

मेरोन्यूज २०७८ पुष २३ गते ८:३५

काठमाडौँ । नेकपा एमाले हुम्लाको नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो ।

देशभर एकसाथ एमालेले अधिवेशन सञ्चालन गर्ने तयारी गरिरहेको अवस्थामा हुम्लाको अधिवेशन स्थगित भएको हो । सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गतेसम्म अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए ।

मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन एक महिना पछि सरेको एमाले हुम्लाले जानकारी दिएको छ । यस्तै उक्त बैठकले नेकपा एमालेमा नवप्रवेशीलाई स्वागत गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया