मंगलबार, पुष १५, २०८२

एमाले मोरङको नेतृत्व टुंगियो, ताली बजाउन बाँकी

मेरोन्यूज २०७८ पुष २३ गते ९:५१

काठमाडौँ । नेकपा एमाले मोरङको नेतृत्व टुंगो लागेको छ । जिल्ला अधिवेशन हुनुअघि नयाँ नेतृत्व नामावली टुंगो लागेको हो ।

वर्तमान अध्यक्ष ऋषिकेस पोखरेल नै पुनः नेतृत्वमा दोहोरिने गरी सहमति भएको एक नेताले जानकारी दिए । यस्तै, उपाध्यक्ष र सचिवमा पनि हालकै पदाधिकारी दोहोरिने भएका हुन् ।

उपाध्यक्ष बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा नै निश्चित भएका छन् । ‘नयाँ नेतृत्वको टुंगो लागिसकेको छ, अब ताली बजाउन मात्र बाँकी छ,’ एक नेताले भने ।

उपसचिवमा केरावारी गाउँपालिकाका उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी छ । उनी एमाले फुट्दा १० बुँदेमार्फत एमालेमै बसेकी थिइन् ।

पदाधिकारीमा एक महिला अनिवार्यको व्यवस्था विधानमै रहेपछि उनलाई ल्याउने तयारी गरिएको हो । १० बुँदेबाट एमालेमै बसेका बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी तथा पथरी शनिश्चरेका मेयर दिलीपकुमार राईको सिफारीसमा उनलाई उपसचिव बनाउन लागिएको हो ।

एक सय ६५ सदस्यीय जिल्ला कमिटी चयन गरिने छ ।

प्रतिक्रिया