एमाले मोरङको नेतृत्व टुंगियो, ताली बजाउन बाँकी
काठमाडौँ । नेकपा एमाले मोरङको नेतृत्व टुंगो लागेको छ । जिल्ला अधिवेशन हुनुअघि नयाँ नेतृत्व नामावली टुंगो लागेको हो ।
वर्तमान अध्यक्ष ऋषिकेस पोखरेल नै पुनः नेतृत्वमा दोहोरिने गरी सहमति भएको एक नेताले जानकारी दिए । यस्तै, उपाध्यक्ष र सचिवमा पनि हालकै पदाधिकारी दोहोरिने भएका हुन् ।
उपाध्यक्ष बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा नै निश्चित भएका छन् । ‘नयाँ नेतृत्वको टुंगो लागिसकेको छ, अब ताली बजाउन मात्र बाँकी छ,’ एक नेताले भने ।
उपसचिवमा केरावारी गाउँपालिकाका उपाध्यक्ष शान्ति भुजेललाई ल्याउने तयारी छ । उनी एमाले फुट्दा १० बुँदेमार्फत एमालेमै बसेकी थिइन् ।
पदाधिकारीमा एक महिला अनिवार्यको व्यवस्था विधानमै रहेपछि उनलाई ल्याउने तयारी गरिएको हो । १० बुँदेबाट एमालेमै बसेका बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी तथा पथरी शनिश्चरेका मेयर दिलीपकुमार राईको सिफारीसमा उनलाई उपसचिव बनाउन लागिएको हो ।
एक सय ६५ सदस्यीय जिल्ला कमिटी चयन गरिने छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया