बुधबार, पुष २, २०८२

प्रतिगामी गठबन्धन एक ठाँउ हुँदा पनि एमाले मजबुत छ : ओली

राष्ट्रिय सभा चुनावको परिणाम हाम्रा निम्ति प्रतिकूल आउन सक्छ । त्यो आजको जनमत होइन

मेरोन्यूज २०७८ पुष २३ गते १३:११


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठवन्धनलाई प्रतिगामी गठवन्धनको आरोप लगाएका छन् । एमाले जिल्ला अधिवेशनको उदघाटन गदैं ओलीले प्रतिगामी गठवन्धन एकातिर भएपनि एमाले एक्लै मजबुत रहेको बताए ।

उनले पहिलेको निर्वाचित जनमतलाई खण्डित गर्ने गरी हुन लागेको राष्ट्रिय सभा चुनावले अहिलेको ताजा जनादेशको प्रतिनिधित्व नहुने भन्दै यो निर्वाचन हेरेर कुनै पार्टीको जनमतको विश्लेषण नहुने ओलीले बताए ।

यधपी उनले सवै गठवन्धनका दलहरु एकातिर रहेपनि एमाले एक्लै मजवुत रहेको बताए ।

‘राष्टिय सभा चुनाव हिजोको जनप्रतिनिधीवाट निर्वाचित हुने हो । जसलाई सकेसम्म ध्वस्त बनाउने प्रयास गरिएको थियो । ५१ थियो भने जित्थ्यौं । विपक्षी गठवन्धन, प्रतिगामी गठवन्धनको ५१ हुन सक्छ, हाम्रो ५१ बाट ५ जना मान्छे यता उता गराईदिँदा हामी ४५ मा झर्न सक्छौं । तर अहिले पनि हामी अरु पार्टी भन्दा मजवुत छौं ,’ ओलीले भने ।

उनले अगाडि भने, –‘राष्ट्रिय सभा चुनावको परिणाम हाम्रा निम्ति प्रतिकूल आउन सक्छ । त्यो आजको जनमत होइन । त्यो यथार्थ जनमत होइन ।’

उनले सत्ता गठवन्धनको चर्काे आलोचना पनि गरेका छन् । उनले परमादेशवाट बनेको सरकारले सदन अत्य गरेर अध्यादेश ल्याउने षड्यन्त्र गरिरहेको पनि आरोप लगाए ।

‘हिजो संविधान अनुसार अध्यादेश ल्याउँदा पहिले माइतीघर मण्डला जान्थे, चर्काे कराउथे, अदालत जान्थे, अदालतले कस्तो फैसल्ला दिन्थे, त्यसमा म जान चाहन्न,’ ओलीले भने,-‘राजनीतिक दलले केन्द्रीय समिति कति हजार पुराउने, सांसदहरुले विचारको प्रयोग गर्न नपाउने अवस्था थियो । त्यसमा वा शब्द थापेर अध्यादेश ल्याउादा कोइलो मच्चाइयो । अहिले के गदैछ ? देखिएकै छ ।’

प्रतिक्रिया