प्रतिगामी गठबन्धन एक ठाँउ हुँदा पनि एमाले मजबुत छ : ओली
राष्ट्रिय सभा चुनावको परिणाम हाम्रा निम्ति प्रतिकूल आउन सक्छ । त्यो आजको जनमत होइन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठवन्धनलाई प्रतिगामी गठवन्धनको आरोप लगाएका छन् । एमाले जिल्ला अधिवेशनको उदघाटन गदैं ओलीले प्रतिगामी गठवन्धन एकातिर भएपनि एमाले एक्लै मजबुत रहेको बताए ।
उनले पहिलेको निर्वाचित जनमतलाई खण्डित गर्ने गरी हुन लागेको राष्ट्रिय सभा चुनावले अहिलेको ताजा जनादेशको प्रतिनिधित्व नहुने भन्दै यो निर्वाचन हेरेर कुनै पार्टीको जनमतको विश्लेषण नहुने ओलीले बताए ।
यधपी उनले सवै गठवन्धनका दलहरु एकातिर रहेपनि एमाले एक्लै मजवुत रहेको बताए ।
‘राष्टिय सभा चुनाव हिजोको जनप्रतिनिधीवाट निर्वाचित हुने हो । जसलाई सकेसम्म ध्वस्त बनाउने प्रयास गरिएको थियो । ५१ थियो भने जित्थ्यौं । विपक्षी गठवन्धन, प्रतिगामी गठवन्धनको ५१ हुन सक्छ, हाम्रो ५१ बाट ५ जना मान्छे यता उता गराईदिँदा हामी ४५ मा झर्न सक्छौं । तर अहिले पनि हामी अरु पार्टी भन्दा मजवुत छौं ,’ ओलीले भने ।
उनले अगाडि भने, –‘राष्ट्रिय सभा चुनावको परिणाम हाम्रा निम्ति प्रतिकूल आउन सक्छ । त्यो आजको जनमत होइन । त्यो यथार्थ जनमत होइन ।’
उनले सत्ता गठवन्धनको चर्काे आलोचना पनि गरेका छन् । उनले परमादेशवाट बनेको सरकारले सदन अत्य गरेर अध्यादेश ल्याउने षड्यन्त्र गरिरहेको पनि आरोप लगाए ।
‘हिजो संविधान अनुसार अध्यादेश ल्याउँदा पहिले माइतीघर मण्डला जान्थे, चर्काे कराउथे, अदालत जान्थे, अदालतले कस्तो फैसल्ला दिन्थे, त्यसमा म जान चाहन्न,’ ओलीले भने,-‘राजनीतिक दलले केन्द्रीय समिति कति हजार पुराउने, सांसदहरुले विचारको प्रयोग गर्न नपाउने अवस्था थियो । त्यसमा वा शब्द थापेर अध्यादेश ल्याउादा कोइलो मच्चाइयो । अहिले के गदैछ ? देखिएकै छ ।’
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया