एमाले जिल्ला अधिवेशनमा ओलीको सम्वोधन
अहिलेको सरकार सरकारमा बस्नै सुहाउने छैन : ओली
संसदले प्रधानमन्त्री बनाएको थाहै पाएन, विश्वासको मत लिने ड्रामाको वेला मात्र थाहा पायो, त्यो असम्वैधानिक ड्रामा थियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार सरकारमा बस्न सुहाउने सरकार नै नभएको टिप्पणी गरेका छन् । एमालेको जिल्ला अधिवेशनको केन्द्रीय कार्यालय थापाथलीवाट एकैसाथ भर्चुअलमाध्यमवाट उदघाटन गदै अध्यक्ष ओलीले सरकारका नाममा अहिले असम्वैधानिक ड्रामा मात्र गरिएको आरोप लगाए ।
‘अहिलेको सरकार सरकारमा बस्न सुहाउने सरकार नै होइन । त्यसैले सरकारमा बस्न जनताले आदेश दिएका थिएनन । जनताले आदेश नदिएका मान्छेहरु अन्यत्रैवाट, संसदले सरकार परिवर्तन भएको थाहै पाएन । जुन संसदले सरकार परिवर्तन गर्ने, सरकार गठन गर्ने काम गर्छ, उसले प्रधानमन्त्री हटाइएको, प्रधानमन्त्री नियुक्त भएको र प्रधानमन्त्रीले सपथ लिईसकेको थाहै पाएन । एकैपटक संसदले विश्वासको मत लिने ड्रामाको वेला मात्र थाहा पायो । त्यो असम्वैधानिक ड्रामा थियो । असंम्वैधानिक क्रियाकलापवाट जन्मिएको अस्वस्थ्य ड्रामा थियो त्यो ।’ ओलीले भने,–‘म नेपाली जनतालाई आग्रह गर्न चाहान्छु, यस्ता ड्रामाहरुलाई आगामी दिनमा अन्त्य गर्नुपर्छ हामीले ।’
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया