एमाले जिल्ला अधिवेशनमा ओलीको सम्वोधन
अहिलेको सरकार सरकारमा बस्नै सुहाउने छैन : ओली
संसदले प्रधानमन्त्री बनाएको थाहै पाएन, विश्वासको मत लिने ड्रामाको वेला मात्र थाहा पायो, त्यो असम्वैधानिक ड्रामा थियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार सरकारमा बस्न सुहाउने सरकार नै नभएको टिप्पणी गरेका छन् । एमालेको जिल्ला अधिवेशनको केन्द्रीय कार्यालय थापाथलीवाट एकैसाथ भर्चुअलमाध्यमवाट उदघाटन गदै अध्यक्ष ओलीले सरकारका नाममा अहिले असम्वैधानिक ड्रामा मात्र गरिएको आरोप लगाए ।
‘अहिलेको सरकार सरकारमा बस्न सुहाउने सरकार नै होइन । त्यसैले सरकारमा बस्न जनताले आदेश दिएका थिएनन । जनताले आदेश नदिएका मान्छेहरु अन्यत्रैवाट, संसदले सरकार परिवर्तन भएको थाहै पाएन । जुन संसदले सरकार परिवर्तन गर्ने, सरकार गठन गर्ने काम गर्छ, उसले प्रधानमन्त्री हटाइएको, प्रधानमन्त्री नियुक्त भएको र प्रधानमन्त्रीले सपथ लिईसकेको थाहै पाएन । एकैपटक संसदले विश्वासको मत लिने ड्रामाको वेला मात्र थाहा पायो । त्यो असम्वैधानिक ड्रामा थियो । असंम्वैधानिक क्रियाकलापवाट जन्मिएको अस्वस्थ्य ड्रामा थियो त्यो ।’ ओलीले भने,–‘म नेपाली जनतालाई आग्रह गर्न चाहान्छु, यस्ता ड्रामाहरुलाई आगामी दिनमा अन्त्य गर्नुपर्छ हामीले ।’










एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया