बुधबार, पुष २, २०८२

राष्ट्रियसभा बैठक पुस २७ मा बस्ने

मेरोन्यूज २०७८ पुष २३ गते १४:०८

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक पुन सरेको छ ।

पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको उक्त बैठक विशेष कारणवश दुई दिन पर सारेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठक पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गरेका हुन् ।

प्रतिक्रिया