आइतबार, चैत १, २०८२

सहकारीले ऐन विपरीत ब्याजदर बढायाे : मन्त्री श्रेष्ठ

मेरोन्यूज २०७८ पुष २३ गते १५:३४

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरुले पछिल्लो समय सहकारीले ऐन विपरीत बढाएको ब्याजदर घटाउनु पर्ने बताएकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले सहकारीहरुले पछिल्लो समय सहकारी ऐन विपरीत ब्याजदर बढाएकाले सहकारीको मूल मर्मअनुसार जाने हो भने ब्याजदर घटाउनु पर्ने बताएकी हुन् ।

उनले सहकारीको ब्याजदर घट्दा घट्ने र बढ्दा बढ्ने भन्दा पनि नेपालमा बढ्दा बढाउने तर घट्दा नघट्ने प्रचलन रहेको बताइन् । मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा ब्याजदर बढाउने होइन, सहकारीलाई परेको समस्या अन्य माध्यमबाट समाधान गर्नु पर्नेमा जोड दिइन् ।

उनले सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने भएकाले तत्लो तहका जनताले सेवा पाउने गरी सहकारीहरुले काम गर्नु पर्ने बताइन् । मन्त्री श्रेष्ठले सरकारले सहकारीलाई राष्ट्रहित र जनहितका आधारमा सहकारी नीनि बनाउने गरी भिजन पेपर तयार भइरहेको बताइन् ।
मन्त्री श्रेष्ठले पछिल्लो समय सहकारीहरु वित्तीय सुशासन भन्दा बाहिर गएर तथा सहकारी ऐन भन्दा विपरित काम गरेकाले जनतासामु विश्वास गुमाउदै गएको बताइन् ।

उनले सहकारीहरुले लगानी गर्ने भन्दापनि बचत तथा ऋणमा बढी हुने गरेको र सहकारीको सिद्धान्त अनुसार नचलेको बताइन् ।

केही सहकारीले बदमासी गर्दा सिङगो सहकारी क्षेत्रमा असर परेको उनले बताइन् । मन्त्री श्रेष्ठले अहिलेको अव्वस्थामा नयाँ सहकारी दर्ता भन्दा पनि भएका सहकारीलाई मजबुद र प्रभावकारी बनाउनु पर्नेमा मन्त्री श्रेष्ठको जोड छ ।

उनले एकै घरमा धेरै बोर्ड राख्नु नहुने भन्दै सहकारीहरु पनि मर्जरमा जानु पर्ने बताइन् ।

प्रतिक्रिया