बुधबार, वैशाख १०, २०८२

केटिएम रन माघ तेस्रो साता हुने

मेरोन्यूज २०७८ पुष २३ गते १९:३९

काठमाडौं । सर्वाधिक पुरस्कार राशीको १० किलोमिटर केटीएम रन माघको तेस्रो साता काठमाडौंमा आयोजना हुने भएको छ ।

आयोजक शेर्पा आउटडोरको केटीएम सिटीले शुक्रबार पत्रकार सम्मेलन गरी केटीएम रन माघ १५ गते मा आयोजना गर्ने जानकारी गराएको हो ।

१० किलो मिटरको हुने रनमा पुरुष र महिला गरि दुई प्रतिस्पर्धामा आयोजना हुने आयोजकले जनाएको छ । सर्वाधिक एक लाख रुपैयाँ राखिएको प्रतियोगिताको पुरस्कार राशि पुरुष तथा महिलामा समान रहेको छ ।

यस्तै, दोस्रो हुने दुवै प्रतिस्पर्धाका खेलाडीले समान ५० हजार, तेस्रोले ३० हजार, चौंथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार, छैटौं हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन । सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीलाई गिफ्ट भौचर प्रदान गरिने आयोजकले जानकारी दियो ।

केटीएम रनको रुट काठमाडौंको दरबारमार्गबाट सुरु भएर भद्रकाली हुँदै सिंहदरबार, माईतिघर, नयाँ बानेश्वर पुगेर पुन माइतिघर फर्किएर, थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएरै समापन हुनेछ । केटीएम रनको रेस डिरेक्टरमा शुशील नरसिंह राणा र प्राविधिक संयोजकमा राजन खत्री रहनु भएको छ ।

केटीएम रनमा सहभागी हुने खेलाडीका लागि ९ सय ९० रुपैयाँ दर्ता शुल्क राखिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको सहभागीता खुल्ला गरिएको छ । खेलाडीले पुस २९ गतेबाट माघ १३ गतेसम्म नाम दर्ता गराउने सक्ने आयोजकले जानकारी दियो ।

प्रतिक्रिया