एमाले कैलालीको नेतृत्व छान्न सकस, सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढ्यो

कैलाली । कैलालीमा नेकपा एमालेको जिल्ला अध्यक्षसहित पदाधिकारीमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ ।
जिल्लामा अध्यक्षका लागि वर्तमान जिल्ला अध्यक्ष रतन थापासहित तीन जनाको दाबेदारी छ । जिल्ला अध्यक्षका लागि वर्तमान थापासहित रणबहादुर चन्द र डेजी पाण्डेको दाबी छ । तीन जना आकांक्षीबीच सहमति नजुटेपछि निर्वाचन प्रक्रियामा जानुपरेको अध्यक्ष थापाले बताए ।
निर्र्वाचन समितिले कार्यतालिकासमेत सार्वजनिक गरेको छ । तालिका अनुसार शनिबार नामावली प्रकाशन गरिनुका साथै उम्मेदवारी दर्ता गरिएको छ ।
यस्तै, शनिवार नै साँझ ७ः३० देखि ८ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, आइतबार बिहान ८ः३० बजेदेखि १ः३० बजेसम्म मतदान र दिउँसो ३ बजेदेखि मतगणना हुने कार्यतालिका रहेको प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमिल्सिनाले बताए ।
एमाले कैलालीको अध्यक्षसहित पदाधिकारी सहमतिमै टुंगो लगाउने प्रयास गरिएपनि सफल हुन सकेन ।
जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा, रणबहादुर चन्द र डेजी पाण्डेले दाबी गरेका छन् ।















मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया