बुधबार, पुष १६, २०८२

एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल निर्वाचित

मेरोन्यूज २०७८ पुष २४ गते १७:४५

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको सन्धिखर्कमा जारी अधिवेशनले पदाधिकारीहरूसहित जिल्ला कमिटीको टुंगो सर्वसम्मत रूपमा लगाएको छ ।

नेतृत्वसहित जिल्ला कमिटीले चयनको लागि भएको लामो रस्साकस्सीपछि पिताम्बर भुसालको नेतृत्वमा ९० सदस्यीय नयाँ कार्यसमितिको टुंगो लागेको हो ।

जसको उपाध्यक्षमा ईश्वर पोख्रेल, सचिवमा विधान रायमाझी, उपसचिवमा शम्भु पोख्रेल र भीम केसी लगायत निर्विरोध चयन भएका छन् ।

अधिवेशनको शुक्रबार एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया