चितवन एमालेको अधिवेशन सोमवारसम्म स्थगित

चितवन । नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । अधिवेशनअन्तर्गत शनिवार भएको बन्दसत्रमा नेतृत्वले अध्यक्षमा सहमति गराउन सकेन । आइतबार चितवन महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले २६ पुससम्मको लागि अधिवेशन स्थगित गरिएको छ ।
अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, तेजेन्द्र खड्का र कमल पाठकले आकांक्षा देखाएकोमा पाठकले न्यौपानेलाई समर्थन गर्ने भएका छन् । आफू उपाध्यक्षमा बस्ने भन्दै उनले न्यौपानेलाई अध्यक्षमा समर्थन गरेका हुन् । अध्यक्षमा आकांक्षा देखाएका खड्काले पनि अध्यक्षमा दाबी नरहेको प्रतिक्रिया दिएका छन् ।
बाँकी तीन आकांक्षीहरूमा पनि सहमतिबाटै अध्यक्ष चयन गर्ने प्रयास गरिएको छ । सर्वसम्मतिबाट अध्यक्ष चयन गर्न ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलमा जिल्ला अध्यक्ष पार्वती रावल र पूर्वअध्यक्ष कृष्णभक्त पोखरेलसहित चितवनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेताहरू छन् ।
शनिबार भएको बन्दसत्रमा आर्थिक, सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफलपछि पारित भएका छन् ।
त्यस्तै, जिल्ला कमिटीमा रहन चाहने इच्छुक नेताहरूको सूची बनाएर अध्यक्ष मण्डललाई दिइएको छ ।
जिल्ला अध्यक्षका आकांक्षी रामप्रसाद न्यौपाने एमाले अध्यक्ष केपी ओली निकटका भएकाले पनि अबको अध्यक्ष न्यौपाने नै हुने सम्भावना बलियो छ ।
अध्यक्ष चुन्ने जिम्मा अध्यक्ष मण्डललाई दिइएको अध्यक्षका आकांक्षी तेजेन्द्र खड्काले बताए । अधिवेशनका लागि स्थानीय तह र पेसागत सङ्गठनहरूबाट एक हजार ६०० प्रतिनिधि आएका छन् ।
अध्यक्षका आकांक्षी कृष्ण भुर्तेलले पनि सहमतिका लागि लचक बनेको बताए । काम विशेषले आफू बन्द सत्रमा बस्न नपाएको उनले बताए ।
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया