भक्तपुर एमाले अध्यक्षमा देउजा चयन
मेरोन्यूज
२०७८ पुष २४ गते २०:२१

भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा चयन भएका छन् । शुक्रबारबाट सुरु भएको आठौं जिल्ला अधिवेशनबाट देउजालाई सर्वसम्मत रूपमा चयन गरिएको हो ।
शनिबार भएको बन्दसत्रमा देउजाको अध्यक्षतामा उपाध्यक्षमा वासुदेव थापा चयन भएका छन् । यस्तै सचिवमा मोहन वीर श्रेष्ठ, उपसचिवमा दामोदर दंगाल र मिलन सुवाल चयन भएका छन् ।
निर्वाचन समितिका संयोजक शिवराम तिमल्सिनाका अनुसार देउजाको नेतृत्वमा १०५ सदस्यीय एमाले भक्तपुर जिल्ला कमिटी निर्वाचित भएको हो ।
सम्बन्धित
प्रतिक्रिया