एमाले खोटाङ अध्यक्षमा रामप्रसाद दंगाल सर्वसम्मत

खोटाङ । नेकपा एमाले खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल चुनिएका छन् ।
शनिबार दिक्तेलको माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट दंगाल सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।
नेकपा एमाले जिल्ला कमिटीको १० वैशाखदेखि १४ वैसाख २०७२ मा सम्पन्न छैठौं अधिवेशनबाट निर्वाचित अध्यक्ष बबी चाम्लिङ नेकपा (एकीकृत समाजवादी)मा लागेपछि जिल्ला कमिटीबाट अध्यक्षमा मनोनीत दंगाल अधिवेशनमार्फत अध्यक्ष बनेका हुन् ।
एमाले जिल्ला कमिटीको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमारप्रसाद आचार्य, उपसचिवमा सुरेन्द्रकुमार राई र दिपनारायण रिजाल चयन भएका छन् । अधिवेशनले एमालेको ७५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।
‘सत्तालिप्साले जन्माएको गठबन्धनविरुद्ध एक होऔं, विकास, संवृद्धि र अग्रगतिका लागि सबै एमाले एक बनौं’ भन्ने नारासहित शुक्रबार सुरु भएको अधिवेशन प्रमुख सचेतक एवं पोलिटब्यूरो सदस्य भट्टराईले उद्घाटन गरेका थिए ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया