एमाले अधिवेशनः गण्डकीको गोरखा र तनहुँबाहेक सबै जिल्लामा रस्साकस्सी

काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा सबै जिल्लामा निर्वाचन हुने भएको छ । गण्डकीका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङमा भने हिमपात भएकाले चिसोका कारण अधिवेशन स्थगित गरिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जिल्लालाई सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि गण्डकीका गोरखा र तनहुँ बाहेक सबै जिल्लामा मतदानबाटै नेतृत्व चयन हुने देखिएको छ ।
अधिवेशन हुन बाँकी रहेको मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्ला मध्ये तनहुँ र गोरखामा नेतृत्व चयन सर्वसम्मत चुनिए पनि अन्य पदमा मदतानबाटै टुंगो लाग्ने भएको छ ।
एमाले गोरखाको ७औँ जिल्ला अधिवेशनबाट प्रेमबहादुर गुरुङ अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् । उनी यसअघि पनि एमाले जिल्ला अध्यक्ष थिए ।
यस्तै, उपाध्यक्षमा कृष्णबहादुर नेपाली, सचिवमा काजिराम रोका सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत रमेश अधिकारीले जानकारी दिए ।
पाँच जना पदाधिकारी रहने जिल्ला कमिटीको उपसचिवमा भने सहमति नजुटेपछि मतदानबाट टुंग्याइने भएको छ । उपसचिवमा सुरेशबाबु श्रेष्ठ, बिशाल थापा र राजन गुरुङले उमेदवारी दर्ता गराएका छन् ।
नेकपा (एमाले) तनहुँका अध्यक्ष पदमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भए । हुनुभएको छ । शनिबार उम्मेदवारी दर्ताका क्रममा श्रेष्ठको मात्रै उम्मेदवारी परेको थियो । उनी यसअगाडि उपाध्यक्ष रहेका थिए ।
अध्यक्ष बाहेकका पदमा भने आवश्यक संख्या भन्दा बढीको उम्मेदवारी दर्ता भएपछि निर्वाचन हुने भएको छ । उपाध्यक्षमा हरिराज कँडेल, मेखबहादुर थापा र मोहन सुनारको उम्मेदवारी दर्ता भएको छ । सचिवमा विष्णुभक्त सिग्देल र राजेश्वर ढकालको उम्मेदवारी दर्ता भएको छ । उपसचिवमा प्रदीपराज अधिकारी, खिम कुमाल र देवु विष्टको उम्मेदवारी दर्ता भएको छ ।
आइतबार नै दाबीविरोध, उम्मेदवारी फिर्ताको समय राखिएको छ । समयभित्र उम्मेदवारी फिर्ता नभए दिउँसो १ बजेबाट मतदानको तयारी गरिएको निर्वाचन समितिले जनाएको छ ।
यता, बागलुङ एमालेमा पनि सचिव पदमा सर्वसम्मत भए पनि अध्यक्षसहितको पदमा मतदान हुने भएको छ । बागलुङको नवौं अधिबेशनबाट सचिव पदमा बिष्णु भुसाल सर्वसम्मत चयन भएका हुन् ।
जिल्ला अध्यक्षका लागि कार्यबाहक अध्यक्ष कृष्ण पाठक, प्रदेश सचिवालय सदस्य हिराबहादुर केसी र बडिगाड गाउँपालिका अध्यक्षसमेत रहेका मेहरसिंह पाइजाले उमेद्वारी दर्ता गराएको निर्वाचन समितिका संयोजक हरीप्रसाद शर्माले जानकारी दिए ।
त्यस्तै उपाध्यक्षका लागि रामबहादुर जिसी र लक्ष्मण पुनले उमेद्वारी दर्ता गराएका छन् भने उप–सचिव पदका लागि ७ जनाको उमेद्वारी परेको छ ।
यता, एमाले कास्कीमा पनि सर्वसम्मत नेतृत्व चयनमा सकस देखिएको छ ।
शुक्रबारबाट सुरु भएको १० औं अधिवेशनमा शनिबार पनि प्रतिवेदनमाथिको छलफल नसकिएपछि अधिवेशन लम्बिएको छ ।
एमाले कास्कीमा पनि सर्वसम्मत नेतृत्व चयनको सम्भावना कम देखिएको छ । अध्यक्षका मुख्य दावेदार हालका कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर वैरागी दुबैले अध्यक्षको दाबी गरेका छन् । उनीहरुले सामाजिक सञ्जालबाट पनि प्रचार तीव्र पारेका छन् । यद्यपि प्रतिवेदन पारित नहुँदा अधिवेशन निर्वाचनको कार्यक्रममा प्रवेश नै गरेको छैन ।
यसैगरी गण्डकी प्रदेश अन्तर्गत म्याग्दीमा पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम भएको छ ।
अध्यक्ष पदमा साविकका उपाध्यक्ष देवेन्द्रबहादुर केसी, सचिव बालकृष्ण सुवेदी र सचिवालय सदस्य थमसरा पुनले दाबी गरेका छन् । सचिव पदमा पनि तीन जनाले दाबी छाडेका छैनन् । सचिवमा प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापा मगरबीच सहमति जुट्न सकेको छैन ।
नवौं अधिवेशनबाट ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठले जानकारी दिए ।
यता, गण्डकीको दक्षिणी जिल्ला नवलपुरमा पनि सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन ।
नेपाल कम्युनिस्ट पार्टी एमालेको पौष २३ र २४ मा आठौं जिल्ला अधिवेशनमा नेतृत्वका लागि वर्तमान कार्यबाहक अध्यक्ष रोशन गाहामगर र सचिव जीवन श्रेष्ठले दुवैले दाबी छाडेका छैन् ।
सातौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष तिलक महत केन्द्रीय सदस्य भएपछि गाहाले कार्यबाहक अध्यक्ष पाएका हुन् । उनी प्रदेशसभा सदस्यसमेत छन् ।
आगामी तीनवर्षका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरि पाँच पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटि निर्वाचित हुने एमाले नवलपुरले जनाएको छ ।
यसैगरी पर्वत एमालेमा पनि सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन । शुक्रबारदेखि सुरु भएको एमाले पर्वतको नवौँ जिल्ला अधिवेशनमा नेतृत्वमा पुग्नको लागि धेरै आकांक्षी छन् ।
अध्यक्ष पदमा वर्तमान उपसचिव गोविन्द पहाडी, सचिव पदमपाणी शर्मा, प्रदेश कमिटी सदस्य राजु पौडेल, कार्यवाहक जिल्ला अध्यक्ष भक्त कुँवर, प्रदेश कमिटी सदस्य मित्रलाल बस्याल र प्रदेश कमिटी सदस्य नै रहेका देवेन्द्रराज पाण्डे लगायतले दाबी गरेका छन् ।
यसैगरी, गण्डकीको लमजुङ एमालेको ८ औँ अधिवेशनमा सर्वसम्मत चयनको पहल भइरहेको छ । बन्दसत्रमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
यता, स्याङ्जामा झण्डै ९ वर्षपछि जिल्ला अधिवेशन चलिरहेको छ । एमालेले २०६९ साल माघ २६ गते ७ औं अधिवेशन गरेको थियो । सातौं अधिवेशनले पद्मा अर्याललाई निर्वाचित गरेको थियो । अर्याल अहिले एमाले पदाधिकारीमा पुगेकी छन् । यसअघि उनी उनी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि कार्यवाहक मिनप्रसाद गुरुङ्ले पाएका थिए । नेकपा विभाजनपछि स्याङ्जा एमालेको अध्यक्ष हुने अवसर सूर्यप्रसाद गैह्रे पारसले पाएका थिए ।
अधिवेशन सम्पन्न गर्न विभिन्न १० उपसमिति निर्माण गरिएको छ। अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, २ उससचिवसहित १ सय ५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गर्नेछ ।















यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
प्रतिक्रिया