ई–सेवामा थपियो ‘सेक्युर्ड ट्रान्सफर’ सुविधा

काठमाडौं । ई–सेवाले नेपालमै पहिलो पटक ‘सेक्युर्ड ट्रान्सफर’ सेवा उपलब्ध गराएको छ । यो फिचरबाट नचिनेको मानिसलाई समेत सुरक्षित रूपमा रकम तथा सामान उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ ।
‘अहिले मैले तपाईलाई सामान दिन्छु भन्ने इसेवामा पैसा हाल्न लगाउने तर सामान नदिने काम भइरहेको छ,’ ई–सेवाका चिफ म्यानेजर आशिष गौतमले भने, ‘त्यस्तो कामलाई कम गर्न सक्युर्ड ट्रान्सफर फिचर आएको हो, जहाँ सामान डेलिभर भएपछि मात्र रकम रिलिज हुनेछ ।’
यो फिचरबाट ईसेवा प्रयोगकर्ताले अर्को ईसेवा वालेटमा सुरक्षित रूपमा पैसा पठाउन सक्नेछन् । यो सेवा १ हजारभन्दा माथिको रकम पठाउँदा प्रयोग गर्न सकिने छ । यो सेवामा सामान डेलिभर भइसकेपछि पैसा पाउने व्यक्तिले रिक्वेस्ट बटनमा क्लिक गर्नुपर्नेछ, त्यो सूचना पैसा पठाउने व्यक्तिलाई जाने गौतमले जानकारी दिए ।
एक हजारदेखि ५ हजारसम्मको कारोबार गर्दा ५ रूपैयाँ शुल्क लाग्ने छ भने ५ हजारदेखि माथिको पैसा पठाउँदा १० रूपैयाँ शुल्क लाग्ने जनाइएको छ ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको कम्पनीले जनाएको छ ।

















परिवर्तनको आशा बोकेर मतदान
एमाले नेता पोखरेलले गरे मतदान
तनहुँमा किरियापुत्रीले गरे मतदान
राष्ट्रपति र उपराष्ट्रपति किन मतदानमा सहभागी भएनन् ?
सैन्य विमानमार्फत मध्यपूर्वबाट आफ्ना नागरिकको उद्वार गर्दै अष्ट्रेलिया
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया