ओमिक्रोन संक्रमितमा किन एस जिन नेगेटिभ आउँछ ?
जिन सिक्वेन्सिङ कसरी गरिन्छ ?

काठमाडौँ । नेपालमा हालसम्म २७ जनामा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले संकलित सबै नमुनाको जिन सिक्वेन्सिङ नगरिने जानकारी दिए । उनले नेपालमा हालसम्म पत्ता लागेका ओमिक्रोन भेरियन्ट पनि जिन सिक्वेन्सिङबाटै पुष्टि भएको समेत जानकारी दिए ।
गुप्ताका अनुसार पीसीआर परीक्षणका क्रममा एस जिन नेगेटिभ आएका नमूनाको मात्र जिन सिक्वेन्सिङ गरिन्छ । जिन सिक्वेन्सिङमा चार वटा जिन परीक्षण गर्ने गरिएको छ । जसमा एस जिन, आरडीआरपी जिन, ओआरएफ जिन र एन जिन हुन् ।
‘जिन सिक्वेन्सिङबाट कोरोनाको नयाँ भेरियन्ट पत्ता लगाइन्छ,’ उनले भने, ‘भाइरसको जेनेटिक (आणुवांशिक) बनावटलाई गर्ने परीक्षण नै जिन सिक्वेन्सिङ हो ।’
उनका अनुसार देशभरबाट संकलन हुने पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ पहिलो चरणमा पीसीआर परीक्षण र दोस्रो पीसीआरमा कोरोना पोजेटिभ र एस जिन नेगेटिभ आएको भएमा मात्र गरिने हो । एकै पटक ९७ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्न सकिनेसमेत गुप्ताको भनाई छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले ओमिक्रोन भेरियन्ट म्युटेसन भएकाले यसमा एस जिन नेगेटिभ आउने बताए ।
एस जिन भनेको के हो ?
एस जिन भन्नाले भाइरसको बाहिरी सतहलाई जनाउँछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी गुप्ताले कोरोना पोजेटिभ देखिए पनि एस जिन नेगेटिभ देखिएमा त्यो ओमिक्रोन हो ।
एन जिन पोजेटिभ देखिएका नमुना जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउँदैन । जिन सिक्वेन्सिङमा एस जिनमा कहाँ म्युटेसन भएको छ, भनेर हेरिन्छ । भाइरसमा हुने यही म्युटेसनका कारण नै डेल्टा, अल्फा जस्ता भेरियन्ट देखिएको प्रयोगशालाका सूचना अधिकारी गुप्ताले बताए ।
पाँच अस्पतालमा एस जिन पत्ता लगाउने मेसिन
कोरोनाको नयाँ भाइरस ओमिक्रोन हो कि हैन भनेर एस जिन पत्ता लगाउने रिएजेन्ट पठाएको उनले जानकारी दिए । उनका अनुसार नेपालमा एस जिन सिक्वेन्सिङ वीर अस्पताल, पाटन अस्पताल, धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्पताल र प्रदेश २ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला एन जिनको स्कृनिङ गर्ने छन् ।
उनले भने, ‘यी प्रयोगशाला एस जिन नेगेटिभ वा पोजेटिभ पत्ता लगाउन स्कृनिङ मात्र गर्ने जिन स्विकनिसिङ गर्न मिल्दैन् ।’ उनका अनुसार पाँचमा एन जिन पत्ता लगाउने प्रावधान रहेका छन् । सबैमा एस जिनको सबै मेसिनले पत्ता लगाउन सक्दैन् ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया