जेलमा थैली बनाउँथे सञ्जय दत्त

काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्तको जीवन उथलपुथलले भरिपूर्ण छ । सन् १९८० को दशकमा मदिराको लतका कारण उनी चर्चामा रहे । सन् १९९३ को मुम्बई बम हमलाको मामलाले उनलाई जेलको हावा नै खान बाध्य बनायो ।
यसको सुनुर्वाई सन् १९९५ जुन ३० बाट सुरु भएको थियो । यो मामलामा झण्डै १२ वर्ष पछि सन् २००७ मे १८ मा सुनुवाई पुरा भएको थियो । उनी आम्र्स एक्ट अनुसार ६ वर्षको जेल सजायको भागिदार बने ।
सञ्जयका लागि जेल बसाई विशेष रह्यो । उनी पाँच वर्ष जेल बसे र राम्रो काम गरेका कारण उनी आठ महिनाअघि नै रिहा भए । जेलमा उनले काम कैदी सरह समय बिताए । उनले जेलमा धेरै थैली बनाएका थिए ।
सञ्जयका अनुसार उनले पुराना पत्रिकाबाट पेपर ब्याग बनाएर जेलमा पैसा कमाउँथे । उनले यसवापत प्रति बोरी २० पैसा पाउँथे । ‘म जेलमा दैनिक ५० देखि सय ब्याग बनाउँथे । मैले जेलमा बस्दा झण्डै पाँच सय रुपैंयाँ कमाएको थिएँ । मैले त्यो सबै पैसा पत्नी मान्यतालाई दिएँ’, सञ्जयले भनेका छन् ।
सञ्जय आफ्ना लागि जेलमा कमाएको पाँच सय रुपैंयाँको मूल्य ५ हजार करोड रुपैंयाँ बराबर रहेको बताउँछन् । उनले सन् २०१३ देखि सन् २०१६ सम्म पुणेको यरवदा सेन्ट्रल जेलमा सजाय कटाएका थिए । (एजेन्सी)









एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया