जेलमा थैली बनाउँथे सञ्जय दत्त

काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्तको जीवन उथलपुथलले भरिपूर्ण छ । सन् १९८० को दशकमा मदिराको लतका कारण उनी चर्चामा रहे । सन् १९९३ को मुम्बई बम हमलाको मामलाले उनलाई जेलको हावा नै खान बाध्य बनायो ।
यसको सुनुर्वाई सन् १९९५ जुन ३० बाट सुरु भएको थियो । यो मामलामा झण्डै १२ वर्ष पछि सन् २००७ मे १८ मा सुनुवाई पुरा भएको थियो । उनी आम्र्स एक्ट अनुसार ६ वर्षको जेल सजायको भागिदार बने ।
सञ्जयका लागि जेल बसाई विशेष रह्यो । उनी पाँच वर्ष जेल बसे र राम्रो काम गरेका कारण उनी आठ महिनाअघि नै रिहा भए । जेलमा उनले काम कैदी सरह समय बिताए । उनले जेलमा धेरै थैली बनाएका थिए ।
सञ्जयका अनुसार उनले पुराना पत्रिकाबाट पेपर ब्याग बनाएर जेलमा पैसा कमाउँथे । उनले यसवापत प्रति बोरी २० पैसा पाउँथे । ‘म जेलमा दैनिक ५० देखि सय ब्याग बनाउँथे । मैले जेलमा बस्दा झण्डै पाँच सय रुपैंयाँ कमाएको थिएँ । मैले त्यो सबै पैसा पत्नी मान्यतालाई दिएँ’, सञ्जयले भनेका छन् ।
सञ्जय आफ्ना लागि जेलमा कमाएको पाँच सय रुपैंयाँको मूल्य ५ हजार करोड रुपैंयाँ बराबर रहेको बताउँछन् । उनले सन् २०१३ देखि सन् २०१६ सम्म पुणेको यरवदा सेन्ट्रल जेलमा सजाय कटाएका थिए । (एजेन्सी)
















टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको अस्वीकार
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया