एकीकृत समाजवादीको काठमाडौं भेला स्थगित

काठमाडौं । कोभिड जोखिम कायमै रहेका बेला पनि ठूला ठूला जनप्रर्दशन, हजारौंको संख्याका प्रतिनिधिका वीचमा महाधिवेशनहरु आयोजना गरेका राजनीतिक दलहरु क्रमशः आफना कार्यक्रमलाई खुम्चाउन थालेका छन् ।
माओवादीको महाधिवेशन सकएिलगत्तै माओवादीका अध्यक्ष सहितका केन्द्रीय नेताहरुमा कोरोना संक्रमण पुष्टि हुनु र कोभिडको संक्रमितको संख्या वढेर ९ दशमलव ५ प्रतिशत पुग्नुले नेपालमा फेरि कोरोनाको सन्त्रास फैलन थालेको छ । अकाृेतिर छिमेकी मुलुक भारतमा दिनहुँ डेढ लाख सम्म संक्रमित थपिनुले नेपालमा संक्रमणको अवस्था डरलाग्दो रुपमा वढिरहेको छ । यसको पूर्व तयारी अनुरुप सरकारले २५ जना भभन्दा वढी मान्छे भेला नहुन गरेको आग्रहलाइृ मध्यनजर गरेर राजनीतिक दलहरुले आफना पूर्व निर्धारित भेला, कार्यक्रमहरु रोक्न थालेका छन् ।
यसैक्रममा नेकपा एकीकृत समाजवादीले काठमाडौंमा आज थापागाउँस्थित काठमाडौं व्याक्वेटमा आयोजना गर्न लागेको काठमाडौं जिल्ला, संघीय निर्वाचन क्षेत्र नं १ को भेला स्थगित गरेको छ । एकीकृत समाजवादीकी पोलिटब्यूरो सदस्य तथा बागमति प्रदेश कमिटि अध्यक्ष सावित्रा भुषालले कोभिडको बढ्दो संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रमहरु आयोजना गर्न बन्देज लगाएको ले भेला स्थगित गरिएको जनाएकी छिन् ।
उनले अव कार्यक्रम केही दिनमै भर्चुअल विधिमार्फत आयोजना गर्ने जनाएकी छिन् ।
अन्य राजनीतिक दलले पनि ठूलो सभा सम्मेलन , भेला कार्यक्रम रोक्न थालेका छन् । माअेवादी केनद्रको केन्द्रीय समिति बैठक नै अध्यक्ष सहित नेताहरुलाई कोभिड लागेपछि अनिश्चितकालका लागि स्थगित गरेको छ । पार्टीका पदाधिकारी चयन गर्न केनद्रीय समिति बैठक आइतबारका लागि बोलाईकोमा उसले अनिश्चितकालका लागि रोकेको हो ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया