मोदीको सुरक्षा खतराबारे छानबिन गर्न उच्च स्तरिय समिति गठन
मेरोन्यूज
२०७८ पुष २६ गते १४:०२

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा देखिएको गम्भीर कम्जोरीबारे छानबिन गर्न सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा उच्च स्तरीय समिति गठन हुने भएको छ ।
साता प्रधानमन्त्री मोदी सवार गाडी पन्जाबको फेरोजपुरको एउटा फ्लाइओभरमा झन्डै २० मिनेट फँसेको थियो । किसानहरुको प्रदर्शनका कारण फँसेपछि प्रधानमन्त्री पूर्वनिर्धारित कार्यक्रममा सहभागी नभई बीच बाटोबाट फर्किएका थिए ।
प्रधानमन्त्रीको सवारी सुरक्षामा कमजोरी देखिएपछि पन्जाबका सुरक्षा अधिकारी विवादमा तानिएका थिए । सोही विषयलाई लिएर सर्वोच्चमा उजुरीसमेत परेको थियो ।
शुक्रबार मात्र सर्वोच्चले पन्जावका रजिस्टार जनरल र हरियाणा उच्च अदालतलाई प्रधानमन्त्रीको भ्रमणमा देखिएको ‘ठूलो सुरक्षा खतरा’ का सम्बन्धमा रेकर्ड सार्वजनिक गर्न हरियाणा उच्च अदालतलाई निर्देशन दिएको थियो ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया