गृह मन्त्रालयको सुचना ३६ घन्टा बित्न नपाउँदै उल्लंघन,राप्रपाले निकाल्यो हजारौंको जुलुस

काठमाडौं । गृह मन्त्रालयले कोभिड महामारी तीव्र बढेपछि रोकथाम र न्यूनीकरणका लागि साेमबार देशभर सर्कुलर गर्यो । गृहले जारी गरेकाे सूचनामा २५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ । तर उक्त सुचना जारी गरेको ३६ घन्टा बित्न नपाउँदै राज्य र नागरिकस्तरमै त्यसको उल्लंघन गरिएको छ ।
पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार काठमाडौंको भद्रकालीदेखि सिंहदरबारसम्मको सडकमा मानिसको बाक्लो भिड देख्न सकिन्छ । सरकारले सार्वजनिक बिदा नदिए पनि स्वतस्फूर्त ढंगले राष्ट्रिय एकता दिवस मनाउन थालिएको छ ।
सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा चढाउने र माल्यार्पण गर्नेको भिड लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छा चढाएर फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह माल्यार्पणका लागि पुगेका थिए । त्यसबेला सयौंको भिड लागेको थियो । उनका समर्थकले नाराबाजी गरेका थिए ।
पृथ्वी जयन्तीको अवसर पारेर राप्रपाले भृकुटीमण्डपमा कोणसभा आयोजना गरेको छ । त्यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हजारौंको जुलुस लिएर पृथ्वीनारायण शाहको सालिकमा फूलमाला चढाउन पुगेका थिए । सबैले स्वास्थ्य सतर्कता पालना गरेको देखिएन ।
सिंहदरबार अगाडिको पृथ्वी सालिक सामुन्ने उभिएर राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘पृथ्वीनारायण शाहले नेपाल निर्माण नगर्नु भएको भए विद्यादेवी भण्डारी कुन देशको राष्ट्रपति र शेरबहादुर देउवा कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ?’














घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया