प्रधानन्यायाधीसविरुद्ध बारको ‘सदाबहार’ आन्दोलन
प्रधानन्यायाधीसको न राजीनामा न महाभियोग

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलन गरेको नेपाल बार एशोशिएसनको आन्दोलन निरर्थक बनेको छ ।
बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलन थालेको मंगलबार ७३ दिन पुगेको छ । बारको सदाबहार आन्दोलन ७३ दिन पुग्दा पनि आन्दोलनको माग पूरा हुन सकेको छैन । प्रधानन्यायाधीस राणाले न त राजीनामा दिने छाँट छ, न राजनीतिक दलहरुले महाअभियोग नै लगाउने अवस्था छ ।
मंगलबार बार अध्यक्ष चालेन्द्र शमसेर राणाले प्रधानन्यायाधीसविरुद्ध महाभियोग लगाउन राजनीतिक दलहरूलाई पुनः आह्वान गरे ।
राणामाथि गम्भीर आरोप लाग्दासमेत पदबाट राजीनामा नदिएको र संवैधानिक दायित्व पूरा गर्न नसकेको बारले भन्दै आएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीसविरुद्ध महाभियोगको पर्याप्त आधार रहेकाले त्यसतर्फ अगाडि बढ्न बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले राजनीतिक दलहरूलाई आह्वान गरे ।
प्रधानन्यायाधीश राणाले संविधानको धारा १३६ ले दिएको दायित्व पूरा गर्न नसकेको पनि बारले आरोप लगाउँदै आएको छ ।
बार आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरभित्रै अधिवक्ताहरुले आफूआफूमै कुटाकुट पनि गरेका थिए ।
बार अध्यक्ष श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाले पदबाट राजीनामा नदिए प्रधानन्यायाधीश पदको नै अपमान हुने दाबी गरे ।
प्रधानन्यायाधीशमाथि महाअभियोगको विषयमा ह्विप लगाउन नमिल्ने वा नमिल्ने विश्वव्यापी संवैधानिक अभ्यास रहेको र नेपालमा समेत राजनीतिक दल सम्बन्धी ऐनमा सोही व्यवस्था भएकोले प्रत्येक दलका सांसदहरूले आफ्नो विवेक प्रयोग गर्नसक्ने भन्दै बारले सांसदहरूको ध्यानाकर्षण गराएको छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया