‘पृथ्वीनारायणको भूमिकालाई इन्कार गर्न सकिँदैन’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको भौगोलिक इकाइ पृथ्वीनारायण शाहको अभियानको परिणाम भएकोले त्यसलाई इन्कार गर्न नमिल्ने बताएका छन् ।
मंगलबार पृथ्वी जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत् महामन्त्री थापाले पृथ्वीनारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिने भए पनि त्यो अभियानले आधुनिक राज्यकालागि आवश्यक वृहत्तर भौगोलिक इकाई दिएको कुरा कसैले इन्कार गर्न नमिल्ले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘सत्य यही हो, आज हामीसँग नेपालको जुन भौगोलिक इकाइ प्राप्त छ यो पृथ्वीनारायण शाहको अभियानको परिणाम नै हो ।’
कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरण हुने भन्दै महामन्त्री थापाले पहिलो चरण भौगोलिक एकीकरण भएको उल्लेख गरेका छन् ।
‘भौगोलिक एकीकरण पश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन् । यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन’ थापाले भनेका छन्,’ पृथ्वीनारायण शाहको यो भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हु्न्छ भन्ने डर मान्नु आवश्यक छैन ।’
पृथ्वीनारायणका सन्ततिहरुले गरेका र नगरेका कामहरूको कसीमा राखेर पृथ्वीनारायण शाहको अधिमूल्यन वा अवमूल्यन गर्नु सही नहुने उनको भनाइ छ ।
‘हामीले कहिलेकाहीँ तत्कालिक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौं त्यो पनि न्यायसंगत नहुन सक्छ । त्यसैले, त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मूल्यांकन गर्नुपर्छ । ३ सय औँ पृथ्वी जन्मजयन्तीको अवसरमा आजको दिन सम्मानपुर्वक उहाँलाई सम्झदै र हामीले बनाएको संविधानको जगमा नेपाल भित्रका सवै नेपालीलाई एकीकृत र संगठित गर्दै जाने प्रण गरौं’ थापाले भनेका छन् ।









मंगलबार कति छ सुनको भाउ ?
‘पानी बोकेरै जवानी गयो, अहिले आनन्द छ’
बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…
जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया