लिपुलेक लिम्पियाधुरा सडक विवाद
भारतको बलमिच्याईँ रोक्न एमालेको चेतावनी
सडकसहितको संरचना निर्माणमा सरकारले मौनता साँधेको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नेपाली भूमिमाथि भारतले गरेको बलमिच्याईँ रोक्न चेतावनी दिएको छ ।
नेपाली भूभाग कालापानीमा भारतले गर्दै आएको सडकसहितको संरचना निर्माणमा सरकारले मौनता साँधकोमा एमालेले आशंका गरेको छ ।
एमालेले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रका विषयमा भारतसँग अबिलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याईँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको ब्यवहारिक स्वामित्व स्थापनाका लागि सरकारसँग माग गरेको छ ।
एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रियतासँग सम्बन्धित गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको जनाएका छन् ।
राष्ट्रियता सम्बन्धित गम्भीर विषयमा सरकारी मौनताले प्रश्न जन्माएको जनाएका छन् ।
भारतले गरेको सडकसहितको संरचना निर्माण कार्यले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमा आँच पु¥याएको भन्दै एमालेले त्यस्तो गतिविधि तत्काल बन्द गर्न अपिल गरेको छ ।
‘नेपाल भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाँती रहेको विषयलाई कूटनीतिक माध्यमबाट टुंग्याउने भनि गरिएको सहमतिविपरीत भारतीय पक्षले उक्त नेपाली भूभागमा सडक सहितको संरचना निर्माणलाई तीव्रता दिइरहेकोप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ,’ भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
एमालेले वार्ताको माध्यमबाट समस्या समाधान नखोजिँदासम्म कुनै पनि संरचना बनाइन नहुने जनाएको छ ।
केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक सभालाई सम्बोधन गर्दै कालापानी क्षेत्र हुँदै भारतले सडकसहितको संरचनालाई निर्माण गरिरहेको बताएका थिए ।
आज मात्रै काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले राष्ट्रियताको बारेमा अहिलेको सरकार ओलीजति पनि बोल्न नसकेको बताएका थिए ।
विज्ञप्तिको पूर्णपाठ

















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया