शिक्षामन्त्रीप्रति माओवादी नेताकै कटाक्ष : पञ्चायत र गणतन्त्रका शिक्षामन्त्री वीचमा के फरक भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रभावाली युवा नेता लेखनाथ न्यौपानेले आफ्नै पार्टीका शिक्षामन्त्रीमाथी कडा कटाक्ष गरेका छन् । शिक्षा क्षेत्रमा ब्यापारीहरुको वढदो मनपरीतन्त्र नियन्त्रण गर्न नसकेको भन्द्यै पूर्व विधार्थी नेता समेत रहेका न्यौपानेले अहिले यसैगरी शिक्षामा ब्यापारीहरुले मनपरी गरिरहने हो भने पञ्चायतका शिक्षामन्त्री र गणतन्त्रका शिक्षामन्त्री वीचमा के फरक रहन्छ ? भन्दै प्रश्न समेत उठाएका छन् ।
चुनाव लड्ने, सरकारमा जाने, समाजवादको आधार बनाउने, विचौलीया र माफियाहरुलाई के गर्ने ? भन्दै सामाजिक सन्जाल फेसवुकमार्फत प्रश्न उठाँउदै नेता न्यौपानेले भनेका छन्, – बनिबनाऊ प्रतिक्रियावादी राज्यसत्तामा गएर कम्युनिस्टहरू (कति प्रतिशत कम्युनिस्ट हुन् अर्को विषय भयो) ले जनताको पक्षमा खास काम गर्न सक्दैनन् भन्ने विषय स्वास्थ्य माफियाहरुको दादागिरी हेरे पुग्दैन र ? माओवादीको शिक्षा मन्त्री हुने अनि शिक्षा व्यापारीहरुको मनपरीतन्त्रको मारमा नेपाली शिक्षा क्षेत्र र विद्यार्थी परिरहने हो भने पंचायतका शिक्षामन्त्री र गणतन्त्रका शिक्षामन्त्री बिचमा के फरक भयो र ?
शिक्षामन्त्री अहिले कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा माओवादी नेता देवेन्द्र पौडेल छन् ।
पार्टी नेता, पार्टीका कार्यक्रम प्रति पनि खुलेरै आलोचनात्मक टिप्पणी गर्न सक्ने हैसियत बनाएका न्यौपानेले यो पटक भने आफ्नै शिक्षामन्त्रीको काम प्रतिको असन्तोष ब्यक्त गरेका हुन् ।











मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया