शिक्षामन्त्रीप्रति माओवादी नेताकै कटाक्ष : पञ्चायत र गणतन्त्रका शिक्षामन्त्री वीचमा के फरक भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रभावाली युवा नेता लेखनाथ न्यौपानेले आफ्नै पार्टीका शिक्षामन्त्रीमाथी कडा कटाक्ष गरेका छन् । शिक्षा क्षेत्रमा ब्यापारीहरुको वढदो मनपरीतन्त्र नियन्त्रण गर्न नसकेको भन्द्यै पूर्व विधार्थी नेता समेत रहेका न्यौपानेले अहिले यसैगरी शिक्षामा ब्यापारीहरुले मनपरी गरिरहने हो भने पञ्चायतका शिक्षामन्त्री र गणतन्त्रका शिक्षामन्त्री वीचमा के फरक रहन्छ ? भन्दै प्रश्न समेत उठाएका छन् ।
चुनाव लड्ने, सरकारमा जाने, समाजवादको आधार बनाउने, विचौलीया र माफियाहरुलाई के गर्ने ? भन्दै सामाजिक सन्जाल फेसवुकमार्फत प्रश्न उठाँउदै नेता न्यौपानेले भनेका छन्, – बनिबनाऊ प्रतिक्रियावादी राज्यसत्तामा गएर कम्युनिस्टहरू (कति प्रतिशत कम्युनिस्ट हुन् अर्को विषय भयो) ले जनताको पक्षमा खास काम गर्न सक्दैनन् भन्ने विषय स्वास्थ्य माफियाहरुको दादागिरी हेरे पुग्दैन र ? माओवादीको शिक्षा मन्त्री हुने अनि शिक्षा व्यापारीहरुको मनपरीतन्त्रको मारमा नेपाली शिक्षा क्षेत्र र विद्यार्थी परिरहने हो भने पंचायतका शिक्षामन्त्री र गणतन्त्रका शिक्षामन्त्री बिचमा के फरक भयो र ?
शिक्षामन्त्री अहिले कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा माओवादी नेता देवेन्द्र पौडेल छन् ।
पार्टी नेता, पार्टीका कार्यक्रम प्रति पनि खुलेरै आलोचनात्मक टिप्पणी गर्न सक्ने हैसियत बनाएका न्यौपानेले यो पटक भने आफ्नै शिक्षामन्त्रीको काम प्रतिको असन्तोष ब्यक्त गरेका हुन् ।

















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया