काठमाडौँका ६ निजी अस्पतालमा कोभिड खोप पाइने

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि काठमाडौँमा निजी अस्पतालबाट समेत खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार ६ वटा निजी अस्पतालबाट कोभिडविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको हो ।
काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले जानकारी दिए । यसअघि काठमाडौंमा ११ खोप केन्द्र थिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनेका खोप लगाइँदै आएको छ । खोप बिहान १० बजेदेखि ३ बजेसम्म लगाइँदै आएको छ ।
सरकारले कोभिडविरुद्धको खोप अनिवार्यको घोषणा गरेपछि खोप लगाउनेको भीड बढेको हो । खोप नलगाएकालाई सार्वजनिक सेवामा निषेधको घोषणा कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ ।
















PM Karki insists development works should not affect religious belief, cultural heritages
ओखलढुङ्गामा राई दम्पतीको हत्या
Gold price hits Rs 309 thousand per tola
सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता
भारत–युरोप व्यापार सहमति ऐतिहासिक
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया