पीडित पक्षलाई ४८ लाख राहत वितरण
काठमाडौँ । लाङटाङ राष्ट्रिय निकुञ्जले स्थानीय बासिन्दालाई प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको छ । वन्यजन्तुको आक्रमणबाट मानिस घाइते एवं घर पालुवा चौपाया तथा खेतबारीका अन्नबाली नोक्सानको क्षतिपूर्तिबापत प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको हो ।
गत आर्थिक वर्षको साउनदेखि हालसम्म कूल ४८ लाख १६ हजार रुपैयाँ राहत प्रदान गरिएको छ । राहतमध्ये भालुको आक्रमणबाट मानव उपचार खर्चमा सात लाख ९६ हजार ६५५, अन्नबाली क्षतितर्फ ३४ लाख २२ हजार एवं पाल्तु चौपाया नोक्सानतर्फको पाँच लाख ९८ हजार प्रदान गरिएको निकुञ्जका वन प्राविधिक सुलक्षा श्रेष्ठले जानकारी दिए ।
डेढ वर्षको अवधिमा जंगली भालु तथा बँदेलले एक हजार एक सय ७६ किसानको अन्नबाली नोक्सान पारेको र चितुवाको आक्रमणबाट ६० भन्दा बढी चौपाया मरेको बताइएको छ । मानव तथा वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न वन जङ्गल र आवादी जमिनको सिमानामा तारबार लगाउने काम सुरू गरिएको छ । किसानको खेतबारीमा बर्सेनि वन्यजन्तुको आक्रमण बढ्दै गएपछि तारबारको माध्यमबाट रोकथाम गर्ने नयाँ नीति ल्याइएको छ ।
निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार रु ७५ लाख बराबरको कार्य योजनाअन्तर्गत रसुवाको राम्चे तथा यार्सा एवं नुवाकोटको तादी गाउँपालिका–२ चिलाउने गाउँ क्षेत्रमा तारबार लगाउने काम सुरू गरिएको हो ।









तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया