सुशान्तको बायोपिक बनाउन परिवारकै अवरोध

काठमाडौँ । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको अढाई वर्ष बितिसक्दा पनि उनका फ्यान अझै शोकबाट बाहिर निस्कन पाएका छैनन् । सुशान्तलाई माया गर्ने एउटा समूहले अझै पनि उनको न्यायको माग गरिरहँदा बलिउडमा अभिनेताको जीवनीमा आधारित बायोपिक फिल्म बन्ने कुराको चर्चा भइरहन्छ ।
उनको बायोपिकको बारेमा आधिकारिक रुपमा कसैले घोषणा गरेको छैन, तर राजपुत परिवार भने उनको बायोपिकको कडा विरोधमा छन् । सुशान्तकी दिदी प्रियंकाले भाईको बायोपिकका बारेमा खुलेर अस्वीकार गरेकी छन् ।
उनले आफ्नो इन्स्टाग्राममा भाईको तस्वीर राख्दै सुशान्तले न्याय नपाउञ्जेलसम्म उनको बायोपिक नबन्ने प्रष्ट पारेकी छन् । ‘मेरो दृढ विश्वास छ कि एसएसआरमाथि कुनै पनि फिल्म तबसम्म बन्नु हुँदैन, जबसम्म उसले न्याय पाउँदैन । यो मेरो प्रतिभाशाली कलाकार भाईसँग प्रतिवद्धता हो’, उनले लेखेकी छन् ।
प्रियंका अगाडि लेख्छिन्, ‘दोस्रो कुरा, पर्दामा एसएसआरको सुन्दर, निर्दोष र गतिशील क्षमतालाई प्रदर्शन गर्ने क्षमता कोही पनि कलाकारमा छैन । मलाई आश्चर्य लाग्छ । तेस्रो कुरा, फिल्म उद्योगमा कोहीसँग त्यस्तो तागत छ, जसले एसएसआरको बारेमा बनाइएको अपमानजनक अनौठो कथाको सत्यतालाई चित्रण गर्न सक्छन् ?’
प्रियंकाका अनुसार सुशान्त आफ्नो बायोपिकमा आफैं अभिनय गर्न चाहन्थे । यदि उनको बायोपिक बनेमा एआई प्रविधिको सहयोगले उनको भूमिका निर्माण गरिने प्रियंकाले बताएकी छन् ।









एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया