अध्यक्ष नेपालले दिए शुभकामना

काठमाडौँ । नेकपा एकीकृत–समाजवादीका अध्यक्ष माधवकुमार नेपालले थारु समुदायको चाड माघी, मगरलगायत अन्य समुदायले मनाउने मकर संक्रान्तिको अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
पार्टी अध्यक्ष नेपालले जारी गरेको सन्देशमा विविधताले सम्पन्न नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको मकर संक्रान्ति तथा माघी पर्वले सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै समुन्नत समाजवादी मुलुक निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भनिएको छ ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले सम्पन्न नेपालका विभिन्न जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्व रहेको उल्लेख गरिएको सन्देशमा मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिले आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने हुँदा तीनको संरक्षण तथा सम्बद्र्धन गर्नु हामी सबैको दायित्व हो भनिएको छ । अहिले महामारीको रुपमा फैलिएको कोभिड–१९ संकटको समयमा स्वास्थ्य सुरक्षा उपाय अपनाएर चाडपर्व मनाउन आग्रहसमेत सन्देशमा गरिएको छ ।













बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया