‘ए’ डिभिजन लिगः आर्मीसँग पराजित फ्रेण्डस् रेलिगेशनको संघारमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा पनि फ्रेण्डस् क्लवले पराजय ब्यहोरेको छ ।
विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ३–१ अन्तरले पराजित फ्रेण्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो पटक रेलिगेसन संघारमा रहेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा आर्मीसँग पराजित हुँदा फ्रेण्ड्सले छैटौं हार ब्यहो¥यो ।
खेलको १०औं मिनेटमा आर्मीका जगजित श्रेष्ठले अग्रता दिलाए । २२औं मिनेटमा आर्मीले अग्रता २–० को बनायो । जर्ज प्रिन्स कार्कीले दायाँ कर्नरबाट गरेको क्रसलाई पेनाल्टी एरियामा रहेका दीनेश हेम्जनले ‘वान टच’ मा गोल गरे ।
दोस्रो हाफको सुरुआतमै फ्रेण्ड्सले अग्रता २–१ मा झा¥यो । विदेशी खेलाडी जमोउल एन्थोनी पाउलले गोल गरे । आर्मीका गोलरक्षक विकेश कुथुले राम्ररी क्लियर नगरेको बललाई एन्थोनीले खाली पोस्टमा गोल गरे ।
७१औं मिनेटमा आर्मीले अग्रता ३–१ को बनायो । जगजित श्रेष्ठले प्रहार गरेको कर्नरलाई बक्स भित्रबाट हेड गर्दै सुमन अर्यालले सहज जित दिलाए ।
जितसँगै आर्मी क्लव तेस्रो स्थानमा उक्लिएको छ । आर्मी ९ खेलमा १७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको हो ।
पराजित फ्रेण्ड्स भने ९ खेलबाट ३ अंक सहित पुछारमा रहेको छ ।



















दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया