सोमबार, पुष ७, २०८२

सरकारको निर्णय

माघ १५ सम्म आंशिक ‘लकडाउन’

मेरोन्यूज २०७८ माघ २ गते १६:३२

काठमाडौं । सरकारले आगामी १५ दिन आंशिक ‘लकडाउन’ को निर्णय गरेको छ ।

सरकारले आगामी माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाँचघर क्लब, हेल्थ क्लव, पटके हाटबजार, जिम हल लगायतका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषदको निर्णय आइतबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको बताए ।

यसअघिको अवस्थामा पार्टी प्यालेसहरु पनि बन्द गरिएका थिए । तर यो पटक सरकारले पार्टी प्यालेसमा कुल क्षमताको बढिमा ५० जना मात्रै उपस्थित हुन पाइने ब्यवस्था गरेको छ ।

माघ महिना विशेषगरी विवाह ब्रतबन्धको समय भएकाले यस्ता समारोहका लागि सम्बन्धित जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिनुपर्ने पनि मन्त्री कार्कीले बताए ।

त्यस्तै, डिर्पाटमेन्ट स्टोर, सपिङमल लगायतका क्षेत्रमा एकपटकमा २५ जना मात्रै जान पाइने र दुई व्यक्तिबीच दुई मिटर दुरी हुनुपर्ने, सामान छुन नपाइने, र जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ ।

प्रतिक्रिया