मंगलबार, पुष ८, २०८२

नेप्सेमा दोहोरो अंकको गिरावट

मेरोन्यूज २०७८ माघ ४ गते १५:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकको गिरावट आएको छ ।

मंगलबार नेप्से १०.७८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलब ६६ विन्दुमा पुगेको छ ।

कारोबार रकममा भने मंगलबार वृद्धि छ । मंगलबार ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको छ । सोमबार ७ अर्ब ९० करोड १८ लाख बराबरको कारोबार भएको थियो ।

यस्तै, मंगलबार दुई कम्पनी सामलिङ पावर कम्पनी र मध्यभोटेकोशी जलविद्युतको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

मंगलबार सामलिङ पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।

मंगलबार सबैभन्दा बढी अपी पावर कम्पनीको २८ करोड ११ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया