मंगलबार, पुष ८, २०८२

महालक्ष्मी विकास बैंकद्वारा न्यानो कपडा बितरण

मेरोन्यूज २०७८ माघ ४ गते १८:०६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मकवानपुरमा न्यानो कपडा वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको बैंकको पालुङ शाखाले थाहा ̵ ७ डाँडाबासस्थित सुन्दरी देवी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ६३ जना छात्रछात्राहरुलाई ज्याकेट वितरण गरेको छ ।

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी हुन् ।

जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय संचालनमा सहयोग पु¥याएको विद्यालयका प्रधानाध्यापक प्रताप सिंह गोलेले बताए ।

महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया