बलिउडकी अर्काे एक जोडीको सम्वन्ध विच्छेद

काठमाडौं । चलचित्र क्षेत्रमा काम गर्नेहरुको जोडी को सम्वन्ध एकपछि र्काे गदै टुटन थालेका छन् । यस्तैमा बलिउडको अर्काे एक जोडीको सम्वन्धमा पनि व्रेकअप भएको छ ।
दक्षिण भारतीय अभिनेता धनुष र उनकी श्रीमति ऐश्वर्या रजनीकान्त वैवाहिक जीवनबाट अलग भएका हुन् । उनीहरुले सोमबार विज्ञप्ती जारी गर्दै आफूहरु अलग्गिएको घोषणा गरेका हुन् ।
यो जोडीले सन् २००४ मा विवाह गरेका थिए । उनीहरुका यात्रा र लिंगा नामका दुई छोरा छन् । उनीहरु निकट स्रोतका अनुसार विवाहको सुरुवाती समयदेखि नै यो जोडीबीच खटपट सुरु भइसकेको थियो ।
धनुष एकपछि अर्को फिल्ममा व्यस्त थिए । उनी फिल्मको सुटिङका लागि अधिकांश समय घरबाहिर रहन्थे । यो कुरा ऐश्वर्यालाई मन परिरहेको थिएन ।
‘धनुष निकै कामकाजी मान्छे हुन् । धनुष कुनै पनि घरायसी काम भन्दा आफ्नो व्यावसायिक कामलाई अगाडि राख्छन् । कैयौं यस्ता उदाहरण छन् कि उनले कामको प्रतिबद्धताका कारण परिवारलाई ध्यान दिन दिएनन् र त्यहीकारण शहरमा र आउटडोर सुटिङका लागि उनी हिँडिरहे’, स्रोतले भनेको छ ।
स्रोतले ऐश्वर्यासँग केही खटपट हुनासाथ धनुषले नयाँ फिल्ममा हस्ताक्षर गर्ने गरेको दाबी गरेको छ । यद्यपि अलग्गिनु अघि दुवैले निकै छलफल गरेका थिए । ऐश्वर्यासँग अलग्गिनुअघि उनले फिल्म ‘अतरंगी रे’को सबै काम पुरा गरेका थिए । फिल्म हिट भएपछि उनले अलग्गिने निर्णय लिए ।
अलग्गिए पनि उनीहरुले दुई छोराको रेखदेख सँगै गर्नेछन् । उनीहरुमध्ये कोही एकले कस्टडीको माग गरेका छैनन् ।

















टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको अस्वीकार
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया