मंगलबार, पुष ८, २०८२

शेयर कारोबारमा उच्च अंकको गिरावट

मेरोन्यूज २०७८ माघ ५ गते १५:१८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार उच्च अंकले गिरावट आएको छ ।

बुधबार नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलव ३१ विन्दुमा रोकिएको हो । मंगलबार नेप्से १०.७८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलव ६६ विन्दुमा थामिएको थियो । साताको पहिलो र दोस्रो दिन भने नेप्सेमा उच्च अंकको वृद्धि आएको थियो ।

बुधबार कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार ६ अर्ब २ करोड १३ लाख बराबरको मात्रै कारोबार भएको छ । मंगलबार ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी र सामलिङ पावर कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ ।

आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ७१४ रुपैयाँ पुगेको छ भने बुद्धभुमी नेपाल हाइड्रोपावर शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २८७.८० रुपैयाँ पुगेको छ ।

घलेम्दी हाइड्रो, कालिका लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नतको शेयरमूल्यमा भने बुधबार भारी गिरावट आएको छ ।

प्रतिक्रिया