युवा संघमा विवाद बढ्यो, ओलीको निर्देशनसमेत अस्वीकार

काठमाडौं । नेकपा एमाले निकट युवा संघभित्र इन्चार्ज महेश बस्नेतले असन्तुष्टको माग पूरा नगरी पेलेरै आयोजक कमिटी घोषणा गरेका छन् । इन्चर्ज बस्नेतले पेलेर आयोजक कमिटी बनाएको भन्दै युवा संघका उपाध्यक्षहरुले पार्टी अध्यक्ष केपी ओलीसँग लिखित उजुरी गरेको भए पनि त्यसलाई वेवास्था गरेर आयोजक कमिटी घोषणा गरेका हुन् ।
पुस २७ र २८ गते बसेको केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाएका हुन् । ‘पोखरा बैठकको निर्णय सच्याउन पार्टी अध्यक्ष ओलीले दिएको निर्देशनलाई लत्याइएको छ’, युवा संघ स्रोतले भन्यो । सो कमिटीमा नअटाएका कतिपय युवा संघका नेताहले बैठक बहिष्कार गरे पनि उनीहरुलाई पन्छाएर इन्चार्ज बस्नेतले आयोजक कमिटी घोषणा गरेपछि युवा संघमा झन विवाद बढ्ने संकेत देखिएको छ ।
बस्नेतले बनाएको आयोजक कमिटीमा नअटाएले समानान्तर कमिटी बनाउने चेतावनी दिएका थिए । उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोकेका छन् । संगठनभित्र विवाद बढेपछि युवासंघले मापदण्डसहित कमिटी गठन गरिएको भन्दै स्पष्टीकरण दिएको छ ।
बुधबार संघले कमिटी गठन गर्न अपनाएका ८ बुँदे मापदण्डसहित नै स्पष्ट पारेको भए पनि त्यसैमा विवाद बढेको हो । ‘समानान्तर कमिटी बनाउन पार्टी अध्यक्षले नै रोक्न भनेपछि हामीले रोकेका छौँ, तर यही अवस्था रहे समानन्तर कमिटी बन्न सक्छन’, संघका एक उपाध्यक्षले भने ।
पोखरामा सम्पन्न सचिवालय बैठकले किरण पौडेल संयोजक र सन्जी झा तथा क्रान्ति बुर्लाकोटी सहसंयोजक रहेको महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । युवा संघका इन्चार्ज महेश बस्नेतले आयोजक कमिटी तथा केन्द्रीय कार्यालयको नाम वाचन गर्दा धेरै नेताहरुले बहिष्कार गरी हिँडेका थिए ।
युवा संघले संयोजक र सहसंयोजकबाहेक अरु सबैलाई आयोजक कमिटी सदस्य बनाएको छ । पूर्व पदाधिकारीलाई विभिन्न विभाग र प्रदेश इन्चार्जको जिम्मा दिइएको छ । बैठकले क्षितिज थेबेलाई संगठन विभाग, पुष्प श्रेष्ठलाई युथफोर्स विभाग, रमेश आचार्यलाई नेतृत्व विकास विभाग र रामजी सापकोटालाई कार्यालय विभाग प्रमुखको जिम्मा दिएको छ ।
यस्तै, सम्राट गौचन प्रकाशन विभाग, महाराज गुरुङ प्रचार विभाग, सुनिता कार्की मानव अधिकार विभाग, उर्मिला सुनुवार महिला विभाग, सीता सुवेदी पर्यटन विभाग र विष्णुराज बिसी कानून विभाग प्रमुख बनाएका छन् । संघले राकेश लामालाई स्वयंसेवक विभाग, हिमेश केसीलाई निर्वाचन आयोग प्रमुख तोकेको छ ।
निर्वाचन आयोग उपप्रमुख बाबु छतकुली छन्, भने दिनेश थापा अनुशासन आयोग प्रमुख र प्रकाश लामिछाने लेखा आयोग प्रमुख बनाइएको छ । महाधिवेशनको मुखमा युवा संघले प्रदेश इन्चार्जहरु पनि हेरफेर गरेको छ । जसअनुसार प्रदेश १ मा अन्जना अधिकारी, मधेस प्रदेशमा सत्यनारायण यदव, बागमतीमा अमित लामा, गण्डकीमा सन्तोष रावल, लुम्बिनीमा सुमन पुरी, कर्णालीमा राजन थापा, सुदूरपश्चिममा विसनाथ चन्द र अन्तर जिल्ला इन्चार्जमा बलराम बेल्बासे तोकिएको छ ।
युवा संघको विवाद बढ्दै गएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले समाधान गर्न निर्देशन दिएपछि बस्नेतले हतारमा मापदण्डकै आधारमा आयोजक कमिटी बनाइएको भन्दै मापदण्ड सार्वजनिक गरेका हुन् । युवा संघका उपाध्यक्षहरु रोशन बस्नेत, उर्मिला सुनुवार, अमित लामा लगायतका नेताहरुले त्यसको विरोध गर्दै आएका छन् ।
उनीहरु मध्ये रोशन बस्नेतलाई युवा संघबाटै हटाउन खोजेका छन् । असन्तुष्ट रहेका नेताहरुलाई युवा संघका इन्चार्ज रहेका बस्नेतले एक्ला एक्लै भेटघाट गरेर मनाउने प्रयास गरेका थिए । तर, उनीहरुले नमानेपछि बुधबार साँझ मापदण्ड घोषणा गर्दै पेलेर जाने नीति लिएका हुन् ।
आयोजक कमिटी बनाउँदाको मापदण्ड
१, पार्टी निर्देशनअनुसार राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गरी महाधिवेशन आयोजक कमिटीको सदस्य, सचिवालय, स्थायी कमिटी पदाधिकारी र कार्यालय कमिटीको संख्या घटाइएको ।
२, उमेर हद पार गरेका कमरेडलाई अहिलेसम्म संगठनमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्नका लागि पूर्ववत हैसियत सम्मान योग्य होस् भन्ने कुरा ख्याल गर्दै महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।
३, पार्टीको भौगोलिक प्रदेश र जिल्ला कमिटी पदाधिकारी र पालिका कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारीमा रहेका कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।
४, नेतृत्वले पटकपटक सजग गराउँदा संगठनको जिम्मेवार तहमा बसेर पार्टी र संगठनको मूल नेतृत्व र नीतिको बद्ख्वाई गर्दै हिँड्ने कमरेडलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।
५, संगठनको उपल्लो तहको जिम्मेवारीमा रहेर संगठनको काममा ६ महिनाभन्दा बढी निष्क्रिय रहेका कमरेडलाई विधानको आदेशअनुसार महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।
६, महाधिवेशन आयोजक कमिटी निर्माण गर्दा समावेशी सिद्धान्तलाई पूर्ण पालना गरिएको । जसअन्तर्गत,
१ र २ निर्वाचन क्षेत्र भएका जिल्ला २ खुल्ला १ महिला
३ र ४ निर्वाचन क्षेत्र भएका जिल्ला ३ खुल्ला १ महिला
५ र ६ निर्वाचन क्षेत्र भएका जिल्ला ४ खुल्ला १ महिला
१० निर्वाचन क्षेत्र भएका जिल्लाबाट ५ खुल्ला १ महिला
जनजाति तर्फबाट ६ खुल्ला ४ महिला
मधेसी तर्फबाट ६ खुल्ला ३ महिला
मुस्लिम तर्फबाट ३ खुल्ला १ महिला
उत्पिडित÷दलित तर्फबाट २ खुल्ला १ महिला
थारु समुदाय तर्फबाट २ खुल्ला १ महिला
पिछडिएको क्षेत्र तर्फबाट २ खुल्ला १ महिला
अल्पसंख्यक तर्फबाट २ खुल्ला १ महिला
अपांग (विशेष क्षेत्र)तर्फबाट १ खुल्ला १ महिला
विशेष योगदान गरेकामध्येबाट २ खुल्ला १ महिला
खुल्ला तर्फबाट २७ खुल्ला १३ महिला
कार्यालय कमिटी १० खुल्ला ३ महिला
७, नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकबाट मनोनित (मनोनित गर्दा आन्दोलनमा विशेष योगदान गर्नु भएका केन्द्रीय सदस्य कमरेडहरुलाई प्राथमिकतामा राखिएको) र समायोजन प्रक्रियामा छुट्नु भएका कमरेडलाई समावेश गरिएको ।
८, पार्टी केन्द्रले तोकिदिएको नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सीमित संख्याभित्र समावेश गर्न छुट्नु भएका कमरेडलाई योग्यता, क्षमता र क्रियाशीलताअनुसार केन्द्रीय आयोगहरु (लेखा, अनुशासन र निर्वाचन), केन्द्रीय विभागहरु, केन्द्रीय युवा परिषद् र प्रदेश तथा विशेष प्रदेश कमिटीमा जिम्मेवारी प्रदान गर्ने ।











राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
जेनजी आन्दोलनका क्रममा फरार तीन कैदी सुन्धाराबाट पक्राउ
प्रधानमन्त्री कार्कीसँग संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट
साना तथा लघु उद्यम कर्जा विस्तारका लागि डीएआई-उदय परियोजनासँग ग्लोबल आइएमई बैंकको सहकार्य
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया