विहिवार शेयर कारोबारमा वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ३३.०३ अङ्कले उकालो लागेर दुई हजार ९३१.३४ मा पुगेको छ । साताभर लगातार उकालो लागेको नेप्से शेयर कारोबार हुने आज अन्तिम दिनसमेत उल्लेख्य रुपमा वृद्धि भएको हो ।
ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ४.०९ अङ्कले बढेर ५४३.७४ मा पुगेको छ । कूल २२९ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर रु पाँच अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ४२ अर्ब ५३ करोड आठ लाख ८० हजार बराबर पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर भने उकालो लागेको छ ।
बैंकिङ १.०२ र सामूहिक लगानी कोष ०.०२ अङ्कले ओरालो लागेको छ । व्यापार ४४.७९, होटल तथा पर्यटन १८.७६, विकास बैंक १७१.६५, जलविद्युत् ७६.४२, वित्त ७७.४७, निर्जीवन बीमा २७०.१, उत्पादन ३१.४८, अन्य ११.३९, लघुवित्त ६०.१८, जीवन बीमा ४६२.४ र लगानी १.९६ अंकले उकालो लाग्यो । कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ ।
सो कम्पनीको शेयर रु २२ करोड २० लाख ५३ हजार ४१६ मूल्यमा खरिद बिक्री भए । अपि पावर कम्पनी रु १८ करोड ४७ लाख २४ हजार ९७६, शिखर इन्स्योरेन्स रु १७ करोड ६७ लाख ६५ हजार ६२७, अरुण भ्याली हाइड्रोपावर रु १६ करोड १० लाख ९० हजार १६८ र नेपाल दूरसञ्चार कम्पनी रु १५ करोड ६७ लाख ५३ हजार २५९ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा पर्न सफल भए ।
नेप्सेका अनुसार मैलुङ खोला जल विद्युत् कम्पनी र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लाग्यो । यसैगरी बुद्धभूमि नेपाल हाइड्रोपावर ९.९७, न्यादी हाइड्रोपावर ८.८६ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ७.७९ प्रतिशतले कमाए ।
आइसिएफसी फाइनान्सको ऋणपत्र ४.३९, बोटलर्स नेपाल तराई १.८४, एनएमबी हाइब्रिड फण्ड एक १.६१, नयाँ सारथी लघुवित्त १.६० र सिटिजन म्युचुअल फण्ड एक का लगानीकर्ताले १.५४ प्रतिशतले गुमाए ।









तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया