बिहीबार, पुष १०, २०८२

प्रधानमन्त्री देउवाको सम्बोधनः तीन तहकै निर्वाचन गर्ने प्रतिवद्धता

मेरोन्यूज २०७८ माघ ७ गते १६:२४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै तीन तहकै निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री देउवाले तीन तहकै निर्वाचनमा समयमै सम्पन्न गर्ने उनले प्रतिवद्धता जनाए ।

उनले कोरोनाको संक्रमणको जोखिम उच्च रहेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिएको बताए । कोरोना संक्रमण न्यूनिकरणका लागि सरकारले विशेष प्याकेज ल्याएको पनि उनले बताए ।

‘एक वर्षभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको छ । निर्वाचनको पूर्वतयारी गर्न म सम्बन्धित निकायहरुलाई आग्रह गर्दछु’, प्रधानमन्त्री देउवाले भने ।

उनले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए ।

सरकारले पूरा गरेको ६ महिनाको अवधिमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिक लगायतका विषयमा धारणा राखिरहेका छन् ।

प्रतिक्रिया